fbpx

प्रहरी कार्यालय महेन्द्रनगरका ३ जना प्रहरी निलम्बन

author

समाचारपाटी

२ years अगाडि

धनुषा । धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका तीनजना प्रहरी निलम्बनमा परेका छन् । हिजो सोमवार हिरासत कक्ष तोडेर ६ जना थुनुवा फरार भएपछि मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले हिरासत व्यवस्थापन अधिकृतसहित तीनजना प्रहरीलाई निलम्बनमा परेका हुन् ।

घटनामा लापरबाही गरेको भन्दै हिरासत अधिकृत प्रहरी असई अशोक मण्डल, वरिष्ठ प्रहरी हवलदार सरोज रेग्मी र प्रहरी जवान रोहन मगरलाई निलम्बन गरिएको जनाइएको छ ।

थुनुवा कक्षको भौतिक पूर्वाधार कमजोर रहेको भए पनि ड्युटीको समयमा प्रहरीको लापरबाही देखिएकाले उनीहरुलाई निलम्बन गरिएको बताइएको छ ।

थुनुवा फरार घटना छानबिनका लागि जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयले छुट्टाछुट्टै समिति बनाएर अनुसन्धान गरिएका छन् ।

वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी मनोज यादवको नेतृत्वमा मधेस प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको हो । यस्तै, जिल्ला प्रहरी कार्यालय धनुषाले पनि प्रहरी नायब उपरीक्षक डीएसपी प्रदीपबहादुर क्षेत्रीको संयोजकत्वमा पाँच सदस्य छानबिन समिति गठन गरेको छ ।

दुवै समितिले सूक्ष्म रुपमा प्रहरीको कमिकमजोरीबारे छानबिन गरिरहेको जनाइएको छ ।

प्रहरी चौकीका इञ्जार्ज प्रहरी निरीक्षक बेचन यादवलाई अहिलेसम्म केही गरिएको छैन । यसैबीच थुनुवा कक्षको पर्खाल भत्काएर फरार भएका थुनुवाहरूमध्ये एकजनालाई सोमवार हिजो बेलुका पुनः पक्राउ गरिएको छ ।

फरार भएकामध्ये हातहतियार तथा खरखजनाका आरोपी रोशन कुमार महतोलाई धनुषाको मिथिला नगरपालिका वडा नम्बर ८ कुशुमविछौनामा रहेको आफन्तको घरमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको हो । प्रहरी थुनुवा कक्षबाट फरार अन्य पाँच जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।


काठमाडौं

आइतवार, माघ २७, २०८१

१९.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

माधव नेपालको आरोपः ओली दुनियाँलाई ठग्न प्रधानमन्त्री भएका हुन्

कानून कार्यान्वयनको ढिलासुस्तीलाई हटाउन अध्यादेश ल्यायौँः प्रधानमन्त्री ओली

सरकारले नीतिगत र कानूनी सुधारमा काम गरिरहेको छः गृहमन्त्री...

किमाथाङ्का अरुण र मुगु कर्णाली जलविद्युत आयोजनाको शेयर विक्रीमा...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर