मेयर र उमपेयरको घर तोडफोड गर्ने २० जनालाई तीन महिना कैद

author

समाचारपाटी

२ years अगाडि

उदयपुर । सरकारी तथा व्यक्तिको सम्पत्ति तोडफोड गर्ने उदयपुरको कटारी नगरपालिकाका २० जनालाई तीन महिनाको कैद हुने भएको छ। जिल्ला न्यायाधीश कृष्णप्रसाद सुवेदीको एकल इजलासले आरोपित ३२ जनामध्ये २० जनालाई कसुर ठहर गरेको हो। कसुरदारहरुलाई मुलुकी अपराध संहिता २०७४ को दफा २८५ (३)(ङ) बमोजिम तीन महिना कैद, जनही तीन हजार जरिवाना र बिगोको ३० प्रतिशत रकम क्षतिपूर्ति वापत भराउन आदेश भएको श्रेष्तेदार भेषराज भट्टराईले बताउनुभयाे। 

घटनामा संलग्न रहेको आरोपमा जाहेरी परेका अन्य १० जनाको हकमा भने आरोप पुष्टि नभएकाले सफाई दिइएको उहाँले बताउनुभयाे। त्यस्तै आरोपित अभिषेक खड्काको मृत्यु भइसकेको मृत्युदर्ता प्रमाणपत्र प्राप्त भएकाले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १३३ वमोजिम मुद्दा खारेजी गर्ने र १४ वर्षीय बालकको हकमा सजाय स्थगन गर्ने निर्णय भएको उहाँले बताउनुभयाे।

आरोपितमध्ये सन्तबहादुर मगर, बालकृष्ण थापा, टेकबहादुर श्रेष्ठ, विजय तामाङ्ग, खोमकुमार दनुवार, थर्कबहादुर सुनुवार, तोपबहादुर मगर, सफल राई, रेशमबहादुर सुनवार, दिलबहादुर थापा, राजेन्द्र राई दनुवार, सुभाष दनुवार, भुवन दनुवार, खड्गबहादुर सुनवार, दिपककुमार दनुवार, सिमोन लामा, क्षेत्रबहादुर दनुवार, हेमबहादुर सुनवार र चन्द्रबहादुर खत्रीसहित २० जना आपराधिक उपद्रको घटनाबाट स्थापित भएकाले कसुर ठहर भएको श्रेष्तेदार भट्टराईले बताउनुभयाे। 

पीडितलाई क्षतिपूर्तिका सन्दर्भमा अदालतले खरिद र जडान गरेको अवधि र क्षति भएको अवधि बीचको अन्तराल अञ्जाम गरी समयको अन्तराल र उपभोगका आधारमा क्षति भएका सामानको हस कट्टा गरी सरकारी वकिलको कार्यालयबाट दावी भएको रकमको बीस प्रतिशत उपलब्ध गराउने आदेश भएको स्रेस्तेदार भट्टराईले बताउनुभयाे। 

कटारी नगरपालिकाले २०७८ जेठ ५ गते सरकारी जग्गा संरक्षण गर्नेक्रममा उत्तेजित भिडले नगरपालिकाका मेयर, उपमेयरसहित वडाध्यक्ष, कर्मचारीको घर, सवारीसाधन र इलाका प्रशासन कार्यालय तोडफोड गरेको आरोपमा मुद्दा दायर भएको थियो।

वडानम्बर ४ जहडीमा रहेको सरकारी जग्गा अतिक्रमण गरी स्थानीयले बनाएको घर भत्काउने क्रममा उत्तेजित भीडले मेयर ज्ञानेन्द्र श्रेष्ठ, उपमेयर भिमकुमारी राउत, वडाध्यक्ष कृष्णराज दनुवार, इन्जिनियर ओम मिश्रको घर, इलाका प्रशासन कार्यालय र मदन भण्डारी राजमार्गको साइड अफिसले प्रयोग गरेको घरमा तोडफोड गरेका थिए।

तोडफोडबाट नगरपालिकाको दमकल, हाईलेक्स गाडी, जेसिवी गरी ३१ लख ८० हजार एक सय, इलाका प्रशासन कार्यालय, निवासको घर र सवारी साधन गरी ६ लाख ३६ हजार ८३५, मेयर श्रेष्ठको २८ लाख ८० हजार १०८ को घरमा क्षति पुगेको थियो। 

त्यसैगरी उपमेयर राउतको २५ लाख २९ हजार ३७०, वडाध्यक्ष दनुवारको १८ लाख ४६ हजार ९७४, कर्मचारी मिश्रको २० लाख १७ हजार ९०१ मुल्यको घर तथा सम्पतिमा क्षति पुगेको थियो। 

सोही आधारमा सरकारी वकिल कार्यालयले १ करोड ३० लाख ६१ हजार २८८ रुपैयाँ पीडितबाट क्षतिपूर्ति भराउन माग दावी गरेको थियो। 

annapurnapost


काठमाडौं

बुधबार, जेष्ठ १, २०८२

२१.५२°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

वर्तमान व्यवस्था भ्रष्टहरुको उत्पादन गर्ने कारखानामा परिणत भयोः कमल...

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन