काठमाडौं । आईसीसी विश्वकप १ दिवसीय त्रिकोणात्मक सिरिजमा नामिबियाविरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नामिबियाले २६ ओभरको समाप्तीमा ३ विकेटको क्षतिमा १०३ रन बनाएर मध्यम प्रदर्शन गरिरहेको छ।
कप्तान गेहार्ड इरास्मस १४ र जान निकोल लिफ्टी–एटोन शून्य रनमा क्रिजमा छन्।
ओपनर लो–हान्ड्रे लरेन्स ४१ र कार्ल ब्रिकेनस्टोक २० रनमा पवेलियन फर्के। पहिलो विकेटका लागि कार्ल र लरेन्सले ६४ रनको साझेदारी गरे। माइकल भान लिंगेन २२ रनमा रन आउट भए।
नेपालका लागि सन्दीप लामिछानेले २ विकेट झारेका छन्। दीपेन्द्र सिंह ऐरीले १ विकेट लिए।
यसअघि गत मंगलबार पहिलो खेलमा नेपालले नामिबियालाई २ विकेटले हराएको थियो।