राष्ट्रपतिबारे दलहरूबीच आज निर्णायक वार्ता हुने

author

समाचारपाटी

१ महिना अगाडि

काठमाडौं । राष्ट्रपति पदका लागि उम्मेदवारी मनोनयन दर्ताको समय नजिकिँदै गर्दा प्रमुख दलहरूको सक्रियता बढेको छ । कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादी बीच पुरानो गठबन्धन ब्युँताउने गरी छलफल भइरहेको छ । सहमतिका लागि प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूले छलफललाई तीव्र पारेका छन् ।

हिजो बिहीवार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड र देउवासहित भएको छलफल सकारात्मक भएको बैठकपछि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताउनुभयो । उहाँका अनुसार आज शुक्रवार पनि छलफल गर्ने र सहमतिको खाका तयार पार्ने तयारी छ । प्रधानमन्त्री प्रचण्डसँगको भेटअघि कांग्रेस सभापति देउवाले हिजो एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित शीर्ष नेताहरू र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग राष्ट्रपतिको चुनाव तथा उम्मेदवारबारे छलफल गर्नुभएको थियो । राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएको माओवादीले कांग्रेसलाई सघाउने सङ्केत गरेको छ ।

गएको पुस १० गते भएको समझदारीअनुसार नै राष्ट्रपति पद आफूले पाउनुपर्ने अडान राख्दै आएको अहिलेको सत्ता साझेदार दल एमालेले लचक भएर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाउन प्रस्ताव गरेको छ । यसबारेमा हिजो प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छलफल भएको थियो ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राष्ट्रपति चुनावको विषयमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच निरन्तर छलफल भइरहेको बताउनुभएको छ । उम्मेदवार कसलाई बनाउने, राष्ट्रिय सहमति कायम गर्ने विषयमा छलफल कसरी अघि बढाउने भन्ने सन्दर्भमा हिजो छलफल भए पनि निष्कर्ष नआएको उहाँले जानकारी दिनुभयो ।

यसैबीच एकीकृत समाजवादीले राष्ट्रपतिको विषयमा सबै दलसँग छलफल गर्ने निर्णय गरेको छ । राष्ट्रपति चुनावका लागि हिजो निर्वाचन आयोगले मतदाता नामावली सार्वजनिक गरिसकेको छ भने पर्सि शनिवार मनोनयन दर्ता हुनेछ । आउँदो २५ गते राष्ट्रपति चयनका लागि मतदान हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको दोस्रो कार्यकाल यही फागुन २८ गते सकिँदैछ ।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

101 Talks Coming Soon | The Voice of Ideas

https://www.youtube.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

सवारी अनुमति पत्र अब ३ दिनमै दिने मन्त्री श्रेष्ठ...

‘देश जहाँ छोयो, त्यहीँ फाटेको छ, बनाउन सजिलो छैन’

नेपाललाई आँखा उपचारको गन्तव्य मुलुकको रुपमा विकास गर्नुपर्छ :...

प्रधानमन्त्री प्रचण्ड, देउवा र नेपालबीच भेट, भोलि सत्ता गठबन्धनको...

खेलकुद समाचार

थप देखाउनुहोस्

ICC Cricket World Cup League

UAE

310

:

NEPAL won by 9 Runs by DLS method

Nepal

FULL TIME

ICC Cricket World Cup League

PNG

95

:

100

Nepal

FULL TIME

ICC Cricket World Cup League

Nepal

248

:

77

UAE

FULL TIME

ICC Cricket World Cup League

PNG

249

:

190

UAE

FULL TIME

विचार/विविधा

थप देखाउनुहोस्
विचार

आज अन्तर्राष्ट्रिय महिला दिवस, कसरी सुरु भयो नारी दिवस ?

अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायलयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको क्षेत्रमा...

विचार

महिलाहका लागि छुट्टै बजेटको व्यवस्था गर्न सरकारसँग आग्रह

बैठकमा बोल्दै राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले महिलाहरुलाई प्रत्यक्षतर्फ नै प्रतिनिधि सभामा ५० प्रतिशत महिला प्रतिनिधित्व गराउनका लागि वातावरण बनाउनुपर्ने...

विचार

सर्वोच्चमा ५ र उच्च र जिल्ला अदालतमा २ वर्षभित्रै मुद्दाको...

मंगलवार कानून व्यवसायी क्लव काठमाडौं तथा शंकरलाल केडिया फाउण्डेशनको सम्मान तथा पुरस्कार कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो दाबी गर्नुभएको हो ।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

सरकारले रंगमञ्चलाई वास्ता नगरेको अभिनेता खनालको गुनासो

काठमाडौंमा चैत १७ देखि फ्लोरा एक्स्पो हुँदै

कानूनमाथि हास्य कलाकार राजा राजेन्द्रको भद्दा मजाक, दर्शक आलोचित

बैशाख १ मा आउने प्रदर्शन हुने फिल्म ‘बिहे पास’...

नेप्से

Index Name
Index Value
Change Percentage

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

काठमाडौं

सोमवार, चैत्र १३, २०७९

२०.१५°

-
Clouds