fbpx

शेयर बजारको बढेर ६ महिनायताकै उच्च विन्दुमा

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । चालु आर्थिक वर्ष २०८०र८१ को मौद्रिक नीति सार्वजनिक भएको दिन आज आइतवार शेयर बजार उच्च अङ्कले बढेको छ । मौद्रिक नीतिले अहिलेको व्यवस्थालाई यथावत् नै राखेर शेयर लगानीको बारेमा छुट्टै मार्गदर्शन बनाउने उल्लेख गरेको छ ।

शेयर बजार परिसूचक नेप्से आज ६३ दशमलव २४ अङ्कले बढेर दुई हजार दुई सय २७ दशमलव १६ विन्दुमा पुगेको छ । नेप्से छ महिनायताकै उच्च विन्दुमा पुगेको छ । यसअघि गएको पुस २८ गते नेप्से २२ सय ३७ विन्दुमा पुगेको थियो, त्यसपछि २२ सय २२ विन्दुभन्दा माथि बजार पुगेको थिएन ।

आज सबै समूहको शेयर बढेकोमा बैंकिङ, बीमा, व्यापार र विकास बैंक समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । बजारसँगै कारोबार रकममा पनि निकै सुधार आएको छ । आज एक करोड २० लाख दुई हजार कित्ता शेयर चार अर्ब ३७ करोड ५१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको १४ करोड ८१ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज किसान लघुवित्त, चन्द्रागिरि हिल्स र लिबर्टी इनर्जी कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । यस्तै स्वरोजगार लघुवित्त, ग्लोबल आईएमई बैंक र कालिञ्चोक दर्शन प्रालीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।


काठमाडौं

आइतवार, माघ २७, २०८१

१९.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

माधव नेपालको आरोपः ओली दुनियाँलाई ठग्न प्रधानमन्त्री भएका हुन्

कानून कार्यान्वयनको ढिलासुस्तीलाई हटाउन अध्यादेश ल्यायौँः प्रधानमन्त्री ओली

सरकारले नीतिगत र कानूनी सुधारमा काम गरिरहेको छः गृहमन्त्री...

किमाथाङ्का अरुण र मुगु कर्णाली जलविद्युत आयोजनाको शेयर विक्रीमा...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर