काठमाडौं । लगातार ३ दिनसम्म घटेर राताम्मे भएको शेयर बजार आज बिहीवार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आठ दशमलव शून्य एक अङ्कले बढेर दुई हजार ३३ दशमलव १३ विन्दुमा पुगेको छ ।
आझ म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर सामान्य बढेको छ । सबैभन्दा धेरै सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ फन्डको शेयर १० प्रतिशत तथा लिबर्टी इनर्जी कम्पनीको शेयर साढे नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढे पनि लक्ष्मी इक्विटी फन्डको शेयर साढे सात प्रतिशतले घटेको छ ।
आज ४० लाख नौ हजार कित्ता शेयर एक अर्ब ५४ करोड १३ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोल्टी होटलको १३ करोड ७१ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।