काठमाडौं । सेयर बजार परिसूचक नेप्से मंगलबार दोहोरो अंकले घटेको छ ।
बजार परिसूचक १५.७० अंकले घटेर २१११.६८ को बिन्दुमा बन्द भएको छ ।
मंगलबार कुल कारोबार रकम पनि २ अर्ब ८२ करोड ४५ लाखमा सीमित भएको छ ।
सोमबार ८८ लाख ३६ हजार ४८८ कित्ता धितोपत्र किनबेच हुँदा ३ अर्ब ३० करोड २२ लाख १ हजारको कारोबार भएको थियो ।
मंगलबार कारोबारमा आएका २५९ कम्पनीमध्ये १४८ कम्पनीको सेयर मूल्य घटेको छ भने ५७ कम्पनीको मूल्य बढेको र ११ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएको छैन ।