प्रहरी गर्‍यो बरामद भएका हतियार जलाएर नष्ट

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । नेपाल प्रहरीले विभिन्न समयमा बरामद भएका झन्डै ९ हजार थान हतियार जलाएर नष्ट गरेको छ । विभिन्न मिति र ठाउँबाट कानुन बमोजिम जफत भएका, प्राप्त हुन आएका, बरामद भएका वा बेवारिसे गरी आठ हजार आठ सय ९६ थान हातहतियार बिहीवार काठमाण्डौको कपनमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

भरुवा बन्दुक छ हजार ७४ थान, बाह्र बोर एक सय ७७ थान, विभिन्न प्रकारका पेस्तोल एक हजार ७६ थान, म्याग्नम दुई सय ३२ थान, एअर गन २९ थान, शर्ट गन दुई सय २९ थान, थ्रीनटथ्री राइफल छ सय २६ थान, रिभल्भर तीन सय ३४ थान, ग्यास गन १० थान, हर्नेट २५ थान र नाम नखुलेको ८४ थान हातहतियार नष्ट गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

काठमाडौं महानगरपालिका–११ नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन परिसरमा हतियार नष्ट गर्नका लागि प्रधान कार्यालय कार्य विभागका प्रहरी अतिरिक्त महानिरीक्षकसमेतका प्रतिनिधिहरू, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं, कोष तथा लेखा नियन्त्रण कार्यालय लैनचौर एवम् स्थानीय प्रतिनिधि र बूढानीलकण्ठ नगरपालिका–११ का वडाअध्यक्षलगायतको सहभागिता थियो ।

गृह मन्त्रालको गएको जेठ १७ गतेको पत्रअनुसार हतियार नष्ट गर्न नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रहरी अतिरिक्त महानिरीक्षक मीरा चौधरीको अध्यक्षतामा प्राविधिक टोली गठन भएको थियो ।


काठमाडौं

सोमवार, बैशाख १५, २०८२

२२.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’