चितवन । विपन्न परिवारका समुदायलाई लक्षित गर्दै राप्ती नगरपालिकाले पाँच सय घर बनाइदिने भएको छ ।
नगरभित्र बसोबास गर्ने चेपाङ, दलित र अन्य समुदायको विपन्न परिवारलाई नगरपालिकाले आवासको व्यवस्था गर्न लागेको हो ।
नगरपालिकाका प्रमुख शमशेर लामाका अनुसार हरेक वर्ष एक सय घर बनाउने योजनासहित काम भइरहेको छ ।
उहाँले भन्नुभयो, ‘पहिलो वर्षका लागि यस कार्यक्रममा एक करोड विनियोजन भएको छ ।
हिउँदे अधिवेशनमा यसको बजेट बढाएका छौँ ।’
यस वर्षमा निर्माण गरिने भनिएका घरहरूमध्ये मङ्सिर मसान्तसम्म ३२ वटा घरको निर्माण सम्पन्न भई रकम भुक्तानीसमेत भइसकेको उनले जानकारी दिनुभयो ।
अहिले आठवटा घर निर्माणको क्रममा छन् ।
घर निर्माणका लागि नगरपालिकाले प्रतिघर रू २ लाख विनियोजन गरेको छ । निर्माणका लागि दुई लाख १५ हजारदेखि रू दुई लाख २५ हजारसम्म लाग्ने अनुमान गरिएको छ ।