सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराए

author

समाचारपाटी

२ महिना अगाडि

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की सांसद तोषिमा कार्कीले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रम अलपत्र पारेको आरोप लगाउनुभएको छ । मन्त्री पौडेलले स्वास्थ्य बीमाको सीमालाई पाँच लाख पुर्‍याउँछु भनेर महत्त्वाकाङ्क्षी सपना बाँडेर अहिले पन्छिन खाजेको उहाँको आरोप छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) का सांसद ध्रुवबहादुर प्रधानले भन्सारमा रहेका लिलामीका सामानहरूको समयमै व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

नेपाली कांग्रेसका सांसद एनपी साउदले कञ्चनपुरको महाकाली सिँचाइ तेस्रो परियोजना विस्तारका क्रममा प्रभावित हुन पुगेका मुक्त कमैया परिवारलाई तत्काल मुआब्जा उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको छ ।

यसैबीच सरकारले यसअघि माघ २४ गते नै संसद्मा अध्यादेशहरू अघि बढाउने तयारी गरेको भए पनि राष्ट्रियसभामा बहुमत नपुग्ने भएपछि रोकिएको थियो । त्यसपछि फागुनको ६ गते अघि बढाउने तयारी गरेकोमा ११ गतेसम्म नगर्ने भनेको थियो । सरकारले आज पनि अध्यादेश अघि बढाएको छैन ।

आज र भोलि प्रतिनिधिसभाको बैठक बस्ने संसदीय क्यालेन्डर छ । त्यसपछि अर्को संसदीय क्यालेन्डर तयार भएको छैन ।

सरकारले विभिन्न ६ वटा अध्यादेशमार्फत २९ वटा ऐन संशोधन गरेको छ । दुवै सदनबाट अध्यादेश स्वीकृत गराएपछि सरकारले प्रतिस्थापन विधेयक ल्याउन सक्छ । प्रतिस्थापन विधेयक पनि अधिवेशन शुरू भएको ६० दिनभित्र संसद्बाट पास भएर ऐनमा रूपान्तरित भइसक्नुपर्छ । तर सरकारले एक महिनासम्म पनि संसद्बाट अध्यादेश स्वीकृत गराउन सकेको छैन ।


काठमाडौं

सोमवार, बैशाख १५, २०८२

१८.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’