काठमाडौं । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एस सहित ४ दलको बैठक सकिएको छ । बालुवाटारमा बसेको बैठकमा फरक फरक प्रस्ताव आएपछि पुन पाँच बजे अर्को बैठक बस्ने भएको छ ।
प्रधानमन्त्री निवासमा बसेको बैठकमा कांग्रेसले आफ्नो तर्फबाट राष्ट्रपति हुनुपर्ने प्रस्ताव गरेको थियो । तर कांग्रेस बाहिरबाट बन्ने उम्मेदवारलाई पनि सघाउनुपर्ने प्रस्ताव अन्य दलले राखेपछि अहिलेको बैठक निष्कर्षमा पुगेन ।
बैठकमा विभिन्न प्रस्तावहरू आएको र साँझ ५ बजे बसेर साझा टुंगोमा पुग्ने कांग्रेस महामन्त्री गगन थापाले बताउनुभएको छ ।