fbpx

“सञ्चारमाध्यमले नागरिकको जीवनसँग गाँसिएका समाचार लिएर आउनुपर्छ”

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । सभामुख देवराज घिमिरेले सञ्चारमाध्यमसम्बन्धी विधेयकलाई अघि बढाउन आफू तयार रहेको बताउनुभएको छ । बुधवार नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल इन्जा ले इन्जा डेु को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

सभामुख घिमिरेले सञ्चारकर्मीहरूको हक अधिकार र व्यावसायिक दक्षताका लागि नीति र व्यवहारबाट सहयोग गर्नुपर्ने कतिपय विधेयकहरू अल्झिरहेका, विवादमा रहेर रोकिएकाले तिनीहरूलाई अघि बढाउन आफू तयार रहेको बताउनुभयो । उहाँले रोकिएका विधेयकहरूमा सञ्चारमाध्यमहरूसँग बसेर छलफल गर्न र संसदमा अघि बढाउने प्रक्रियामा पुग्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

सभामुख घिमिरेले सञ्चारमाध्यमहरूले खोजमूलक र जनमुखी समाचार सम्प्रेषणरप्रसारण गर्नुपर्ने बताउनुभयो । उहाँले अवस्था परिवर्तनका लागि पत्रकारिताको भूमिका महत्त्वपूर्ण उल्लेख गर्दै समृद्ध समाज बनाउन र प्रजातन्त्रलाई बलियो बनाइ राज्य सञ्चालनका अङ्गहरूलाई प्रभावकारी बनाउन सञ्चारमाध्यमहरूको भूमिका उल्लेखनीय रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पत्रकारितालाई हेर्दा हाम्रो विगतको लक्ष्य खास गरेर व्यवस्थालाई परिवर्तन गर्नु थियो । विरोध गर्नु थियो, ढाल्नु थियो । बहुदलीय व्यवस्था वा लोकतान्त्रिक गणतन्त्रको संविधान र संविधानबाट निर्वाचित निकायहरू बनिसकेपछि कसरी जानुपर्छ भन्ने विषयमा खोजमूलक ढङ्गबाट जानुपर्छ, अनुसन्धानात्मक ढङ्गबाट जानुपर्छ । गाउँको वास्तविकतालाई पनि उजागर गर्नुपर्छ । नागरिकको जीवनसँग गाँसिएका समाचारहरू लिएर आउने काममा लाग्नुपर्छ ।’

इन्जाले इन्जा बौद्धिक पत्रकारिता पुरस्कारबाट जगत नेपाल र माधवप्रसाद तिवारीलाई सम्मान गरेको छ भने इन्जा खोजी पत्रकारिता पुरस्कार २०७९ बाट मात्रिका दाहाल र तारा वाग्लेलाई सम्मान गरेको छ । त्यस्तै ग्रामीण पत्रकारिता पुरस्कार २०७९ बाट सरिता चलाउनेलाई सम्मान गरिएको छ भने फोटो पत्रकारिता पुरस्कार २०७९ मा इन्जाले सुरेशकुमार श्रेष्ठ र नरेन्द्र श्रेष्ठलाई सम्मान गरेको छ ।


काठमाडौं

शनिबार, बैशाख ८, २०८१

२१.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने

सुजाता र अमृतको नयाँ लोकदोहोरी ‘आलुतामाले’ सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन