न्यायको मुद्दा संक्रमणकालीन न्यायकै प्रवन्धबाट सम्बोधन हुनुपर्छ

author

समाचारपाटी

४ हप्ता अगाडि

काठमाडौं । नेपाली काँग्रेसले संक्रमणकालीन न्यायको मुद्दा संक्रमणकालीन न्यायकै प्रवन्धबाट सम्बोधन हुनुपर्ने बताएको छ । मंगलवार काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको ९ दलीय गठबन्धनको राष्ट्रपति निर्वाचनका लागि बनेको कार्यदलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिक दल र सरकारको तर्फबाट संक्रमणकालीन न्यायका बारेमा कमजोरी भएको स्वीकार गर्दै पीडित र पीडितका परिवारले न्यायको परिपूरण सक्रमणकालीन न्यायकै प्रवन्धबाट समाधान गर्न आवश्यक रहेको बताउनु भयो ।

नेपाली काँग्रेसले संक्रमणकालीन न्यायको मुद्दा संक्रमणकालीन न्यायकै प्रवन्धबाट सम्बोधन हुनुपर्ने बताएको छ ।
मंगलवार काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको ९ दलीय गठबन्धनको राष्ट्रपति निर्वाचनका लागि बनेको कार्यदलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिक दल र सरकारको तर्फबाट संक्रमणकालीन न्यायका बारेमा कमजोरी भएको स्वीकार गर्दै पीडित र पीडितका परिवारले न्यायको परिपूरण सक्रमणकालीन न्यायकै प्रवन्धबाट समाधान गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले संक्रमणकालीन न्याय सम्बन्धी ऐन परिमार्जन गरी चालु अधिवेशनमा नै विधेयकका रुपमा तत्काल संसदमा पेस गर्नुपर्ने र चाँडो भन्दा चाँडो कानून बनाइ कानून बमोजिम सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन सम्बन्धी आयोग गठन हुनुपर्ने बताउनु भयो । प्रमुख सचेतक लेखकले संक्रमणकालीन न्यायको विषयर्लाइ चाँडो भन्दा चाँडो तार्किक निस्कर्षमा पु¥याउनुपर्ने उल्लेख गर्नुभयो । उहाँले अदालतमा मुदद पर्ने कुरालाई सामान्य रुपमा हेर्नुपर्ने भन्दै सर्वोच्च अदालतलाई पनि द्वन्द्वकालका मुद्दाहरुको तार्किक निस्कर्षमा पु¥याउने भनेको संक्रमणकालीन न्याय पद्धतिबाट हो भन्नेकुरा ज्ञात रहेको बताउनु भयो ।

उहाँले संक्रमणकालीन न्यायसम्बन्धी मुद्दामा सामान्य फौजदारी कानून आकर्षित नहुने स्पष्ट रहेको बताउनु भयो । प्रमुख सचेतक लेखकले संक्रमणकालीन न्यायसम्बन्धी विषय एउटा सरकार, अमुक पार्टीको मात्रै विषयवस्तु नभइ राज्यको विषय भएको बताउनु भयो । उहाँले द्वन्द्वकालमा भएका जतिपनि घटनाहरु, पीडित र पीडितका परिवारलाई न्याय दिनेकुरा सम्पूर्ण राज्यको विषय भएको उल्लेख गर्नुभयो ।


उहाँले भन्नुभयो, ‘संक्रमणकालीन न्यायका विषयमा हाम्रो धारणा भनेको द्वन्द्वका बेलामा शसस्त्र द्वन्द्व जुन भयो २०५२ देखि २०६२ सालसम्म त्यसबेला भएका सबै घटनाहरु संक्रमणकालीन न्यायकै प्रवन्धबाट त्यसलाई सम्बोधन गर्नुपर्छ, त्यसमा अलिकति हाम्रो कमी कमजोरी भएको छ । धेरै लामो समयसम्म पनि पीडित र पीडितका परिवारले न्यायका बारेमा, परिपूरणका बारेमा गर्नुपर्ने सबै कामहरु सम्पादन भएका छैनन् । तर यसलाई सक्रमणकालीन न्यायकै प्रवन्धबाट नै गर्ने हो । नियमित अदालतबाट त फौजदारी न्यायको सामान्य प्रक्रिया हुन्छ, त्यसबाट होइन, संसारभरको अभ्यास भनेको संक्रमणकालीन न्यायकै प्रवन्धबाट गर्नुपर्छ । त्यसका लागि दुई काम गर्नुपर्छ । एउटा कुरा ऐन परिमार्जन गरी विधेयकका रुपमा तत्काल यसै प्रतिनिधि सभामा वा संघीय संसदमा प्रश्तुत गर्नुपर्छ । चाँडो भन्दा चाँडो कानून बनाउनुपर्छ । कानूनबमोजिम आयोगहरु गठन गर्नुपर्छ । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन सम्बन्धी आयोग गठन गरेर यो कामलाई चाँडो भन्दा चाँडो तार्किक निस्कर्षमा पु¥याउनुपर्छ ।

अदालतमा मुद्दा पर्छ, अदालतमा मुद्दा पर्नै हुँदैन भन्ने विषय होइन । सर्वोच्च अदालतलाई पनि द्वन्द्वकालका मुद्दाहरुको तार्किक निस्कर्षमा पु¥याउने भनेको संक्रमणकालीन न्याय पद्धतिबाट हो भन्नेकुरा सर्वोच्च अदालतले यो भन्दा पहिला बोलिसकेको छ । यसका लागि सामान्य फौजदारी कानून नै आकर्षित हुन्छ र सामान्य फौजदारी कानून बमोजिम नै विषयवस्तु अघि बढ्छ भन्ने होइन । संक्रमणकालीन न्यायको प्रवन्धबाट नै बढ्छ । सर्वोच्च अदालतमा परेको रिटमा भर्खरै भएको जुन आदेश छ त्यसलाई हेर्दा पनि द्वन्द्वकालका मुद्दाहरु संक्रमणकालीन न्यायको पद्धतिबाट नै टुंग्याउने हो भन्नेकुरामा त्यो आदेशले पनि ठाउँ राखेको छ । तर ढिलो भयो । यत्तिका वर्षसम्म काम अघि बढ्न सकेन, आयोगहरु पनि निस्क्रिय भए ।

ऐन पनि बनेन । त्यसकारण लामो समय भयो भन्ने आशयको अभिव्यक्ति छ । त्यो भनेको संक्रमणकालीन न्यायको पद्धतिलाई चाँडो अघि बुझाउ भनेको मैले बुझेको छु । यो एउटा सरकार, अमुक पार्टीको विषयवस्तु होइन, यो राज्यको विषयवस्तु हो । द्वन्द्वकालमा जतिपनि घटनाहरु भए त्यसमा जसलाई पनि पीडा पुग्यो, ती पीडित, पीडितका परिवारहरुलाई न्याय दिने, परिपूरण दिने विषय भनेको राज्यको विषय हो । राज्यको भन्नाले सरकार, संसद, सबै राजनीतिक दलहरुको हो । त्यसमा सर्वोच्च अदालत पनि परेको छ । यो बारेमा सर्वोच्च अदालत पनि सकारात्मक छ । चाँडो भन्दा चाँडो हामीले संक्रमणकालीन न्यायको प्रवन्धलाई क्रियाशील गर्नुपर्छ । सम्बन्धित कानून बनाउनुपर्छ, विधेयक यही सदनमा ल्याउनुपर्छ । विधेयकलाई चाँडो भन्दा चाँडो पास गरेर आयोगहरु गठन गर्नुपर्छ । विधेयकले बनेका कानूबाट संक्रमणकालीन न्यायको विषय सम्पादन हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

101 Talks Coming Soon | The Voice of Ideas

https://www.youtube.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

रास्वपा सभापति लामिछाने संविधानत उम्मेदवारी दिन अयोग्य भएको संविधानविद्को...

जसपा सांसद अन्सारीद्वारा पद तथा गोपनियताको शपथग्रहण

काँग्रेसले बारा २ को उपनिर्वाचनमा उपेन्द्र यादवलाई समर्थन गर्ने

मिटरब्याज पीडितसँग गरेको सहमति कार्यान्वयन हुन्छ : गृहमन्त्री श्रेष्ठ

खेलकुद समाचार

थप देखाउनुहोस्

ICC Cricket World Cup League

UAE

310

:

NEPAL won by 9 Runs by DLS method

Nepal

FULL TIME

ICC Cricket World Cup League

PNG

95

:

100

Nepal

FULL TIME

ICC Cricket World Cup League

Nepal

248

:

77

UAE

FULL TIME

ICC Cricket World Cup League

PNG

249

:

190

UAE

FULL TIME

विचार/विविधा

थप देखाउनुहोस्
विचार

आज अन्तर्राष्ट्रिय महिला दिवस, कसरी सुरु भयो नारी दिवस ?

अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायलयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको क्षेत्रमा...

विचार

महिलाहका लागि छुट्टै बजेटको व्यवस्था गर्न सरकारसँग आग्रह

बैठकमा बोल्दै राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले महिलाहरुलाई प्रत्यक्षतर्फ नै प्रतिनिधि सभामा ५० प्रतिशत महिला प्रतिनिधित्व गराउनका लागि वातावरण बनाउनुपर्ने...

विचार

सर्वोच्चमा ५ र उच्च र जिल्ला अदालतमा २ वर्षभित्रै मुद्दाको...

मंगलवार कानून व्यवसायी क्लव काठमाडौं तथा शंकरलाल केडिया फाउण्डेशनको सम्मान तथा पुरस्कार कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो दाबी गर्नुभएको हो ।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

विश्वका तीर्थस्थल मध्ये एक मुक्तिनाथधामको महिमा समेटिएको आरती-भजन सार्वजनिक

गायिका प्रविशा अधिकारी स्वरमा ‘यहीं कतै २‘ मा जेनिशा...

प्रताप दास र अस्मिताको स्वरमा रहेकाे गीत ‘तिमीसंगै हुँदा’...

कमलमणि अभिनित फिल्म ‘बहाव’ चैत २४ गतेबाट रिलिज हुँदै

नेप्से

Index Name
Index Value
Change Percentage

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

काठमाडौं

आइतवार, चैत्र १९, २०७९

१८.१५°

-
Clouds