धनुषा । मधेश प्रदेशमा नयाँ मुख्यमन्त्री आइसके तर पूर्व मुख्यमन्त्रीले अझै पनि सरकारी गाडीसहित अन्य सुविधाहरु प्रयोग गरिरहनुभएको छ । मुख्यमन्त्री कार्यालयका अनुसार पूर्व मुख्यमन्त्री लालबाबु राउतले एउटा महिन्द्रा स्कार्पियो, ५ थान मोबाइल, २ वटा लैपटपसहितका समानहरु फिर्ता गर्नुभएको छैन ।
सामसंगका ३ थान, एमसेभेन १ थान र आइफोन १ थान गरी ५ थान मोबाइलको उहाँको जिम्मा रहेको छ । एप्पलको लैपटप पनि वीरगञ्जमा रहेको आफ्नो घरमा लिएर राख्नुभएको छ ।
पूर्व मुख्यमन्त्री राउतले मुख्यमन्त्री कार्यालयका समानहरु फिर्ता नगरेको बारे वर्तमान मुख्यमन्त्री सरोजकुमार यादवलाई कर्मचारीहरुले जानकारी गराइसकेका छन् । तर वर्तमान मुख्यमन्त्रीले आफू यस सम्बन्धमा पूर्व मुख्यमन्त्रीसँग कुरो गरेर फिर्ता गराउने आश्वासन दिनुभएको पनि दुई हप्ता भइसकेको छ ।