संखुवासभा । संखुवासभाको विभिन्न ठाउँहरुमा पशुचौपयामा छालाको रोग लम्पी स्कीन डिजिज देखिन थालेपछि यहाँका किसान चिन्तित बनेका छन् ।
संखुवासभाको खाँदबारी नगरपालिका वडा नं २ र ६ मा यो रोगको संक्रमण सबैभन्दा बढी देखिएको भेटरिनरी अस्पताल तथा विज्ञ केन्द्र संखुवासभाका कार्यालय प्रमुख हिमालय पोखरेलले बताउनुभयो ।
उहाँको अनुसार, खाँदबारी नगरपालिकाको वडा नं ७, ८, ९ र १० र पाँचखपन नगरपालिकाको वडा नं १, ३, ४ र ५ का साथै भोजपुरको षडानन्द नगरपालिकामा समेत फाटफुट देखिएको छ ।
खाँदबारी नगरपालिका–२ र ६ मा रोगको संक्रमण सबैभन्दा बढी देखिएपछि घर–घरमा नै पुगेर पशुहरुको उपचार गरिएको थियो ।
अभियानकै रुपमा कृषकहरुको घर–घरमा पुगेर उपचार गरिएको छ, अझै पनि सचेत रहन सबै पशुपालक कृषकहरुलाई अनुरोध गरिएको कार्यालय प्रमुख पोखरेलको भनाइ छ ।
यस्तै यसबारे जिल्लाभर नै सचेतना फैलाउन सबै पालिकाहरुलाई पनि खबर गरिएको उहाँले बताउनुभयो ।