काठमाडौं। गाजापट्टीमा मृत्यु हुनेको संख्या १३०० नाघेको छ। गाजा स्वास्थ्य मन्त्रालयका अनुसार करिब १ हजार ३ सय ५४ जनाको ज्यान जाँदा ६ हजार ४९ जना भने घाइते भएका छन्।
यस्तै, अन्तर्राष्ट्रिय एयरलाइन्स समूह आईएजीले इजरायलमा हवाई सेवा बन्द गर्ने भएको छ।
बीबीसीका अनुसार ब्रिटिस एयरवेज र ऐर लिन्गुस भएको सो समूहले ३ हप्ताका लागि हवाई सेवा रद्द गर्ने भएको छ।
आईएजीका प्रमुख कार्यकारी अधिकृत लुइस गैलेगोले हवाई सेवासम्बन्धी इजरायलको अवस्था अध्ययन भइरहेको बताए।
बुधबार तेल अभिव मा ब्रिटिस एयरवेजले आफ्नो एक विमान अवतरण नगरी फर्काएका थियो।