fbpx

राष्ट्रिय गौरवका आयोजना सञ्चालनका लागि छुट्टै कानून बनाउन समितिको निर्देशन

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । राष्ट्रिय सरोकार तथा समन्वय समितिले लालीबग दुल्लीकुना सडकको २.५ किलोमिटर ट्रयाक निर्माण कार्य २०८० चैत्र मसान्त भित्र सम्पन्न गरिसक्न निर्देशन दिएको छ । 


आईतवार सिंहदरबारमा बसेको समितिको बैठकले सम्बन्धित सरोकारवाला निकायहरुलाई उत्तरदक्षिण लोकमार्ग अन्तर्गत हुम्लाको सदरमुकाम सिमिकोटसम्म राष्ट्रिय सडक सञ्जाल जोड्ने गरी लालीबग दुल्लीकुना सडकको २.५ किलोमिटर ट्रयाक निर्माण कार्य २०८० चैत्र मसान्त भित्र सम्पन्न गरिसक्न निर्देशन दिएको हो । समितिको बैठकपछि समिति सभापति दिलकुमारी थापा रावल पार्वतीले उत्तरदक्षिण लोकमार्ग कर्णाली करिडोरका करिडोरका सन्दर्भमा हुम्लाको सदरमुकाम सिमिकोटसम्म राष्ट्रिय सडक सञ्जाल जोड्ने गरी लालीबग दुल्लीकुना सडकको २.५ किलोमिटर ट्रयाक निर्माण वि.सं.२०८० चैत्र मसान्त भित्र सम्पन्न गरिसक्न निर्देशन दिनुभयो ।

उहाँले सो सडक निर्माण कार्यमा संलग्न कामदारहरुलाई सिमिकोटसम्म सडक सञ्जाल नजोडिएको अवधिसम्म सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गरी उनीहरुको पारीश्रमीक, ज्याला भुक्तानी नगदमै दिने व्यवस्था गर्न निर्देशन दिनुभयो । त्यस्तै समितिले जोखिमयुक्त सडक ट्रयाक खोल्ने कार्यमा संलग्न नेपाली सेनाहरुको सक्कल दर्जालाई मनोबल उच्च राख्ने जोखिम भत्ता उपलब्ध गराउन र निर्माण सामग्रीको सहज उपलब्धताको व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ । 
उहाँले भन्नुभयो, ‘उत्तरदक्षिण लोकमार्ग कर्णाली करिडोरका करिडोरका सन्दर्भमा हुम्लाको सदरमुकाम सिमिकोटसम्म राष्ट्रिय सडक सञ्जाल जोड्ने गरी लालीबग दुल्लीकुना सडकको २.५ किलोमिटर ट्रयाक निर्माण वि.सं.२०८० चैत्र मसान्त भित्र सम्पन्न गर्नुपर्ने ।
सडक निर्माण कार्यमा संलग्न कामदारहरुलाई सिमिकोटसम्म सडक सञ्जाल नजोडिएको अवधिसम्म सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गरी उनीहरुको पारीश्रमीक, ज्याला भुक्तानी, नगदमै दिने व्यवस्था गर्ने । जोखिमयुक्त सडक ट्रयाक खोल्ने कार्यमा संलग्न नेपाली सेनाहरुको सक्कल दर्जालाई मनोबल उच्च राख्ने जोखिम भत्त उपलब्ध गराउनु पर्ने, निर्माण सामग्रीको सहज उपलब्धताको व्यवस्था मिलाउनुपर्ने ।’ 


समितिले राष्ट्रपति चुरे तथा मधेस संरक्षण कार्यक्रममा ठूलो कार्यक्षेत्रलाई खण्डीकृत गरी कम्तीमा सल्लपुर क्लस्टरलाई दुई वटा बनाउन निर्देशन दिएको छ । सभापति रावलले सो राष्ट्रपति चुरे तथा मधेस संरक्षण कार्यक्रमका लागि कर्मचारी दरबन्दी कम भएकाले प्रभावित क्षेत्र पहिचानमा कठिनाइ भएको समस्या समाधान गर्न सम्बन्धित क्षेत्रका विज्ञ कर्मचारीको दरबन्दी बढाउन, श्रोत, साधन वृद्धि गरी कार्यक्षेत्रमा पहुँच अभिवृद्धि गर्न निर्देशन दिनुभयो । त्यस्तै राष्ट्रिय गौरवका आयोजनामा विनियोजित रकम नघटाउन, प्राकृतिक श्रोत साधनको रुपमा रहेको नदीजन्य गिटि बालुवा नियमन र व्यवस्थापनको लागि छुट्टै कानूनको बनाउन, राष्ट्रिय गौरवका आयोजना सञ्चालन तथा व्यवस्थापनको लागि छुट्टै कानूनी व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिएको छ । 
उहाँले भन्नुभयो, ‘राष्ट्रपति चुरे तथा मधेस संरक्षण कार्यक्रममा ठूलो कार्यक्षेत्रलाई खण्डीकृत गरी कम्तीमा सल्लपुर क्लस्टरलाई दुई वटा बनाउनु पर्ने । कर्मचारी दरबन्दी कम भएकाले प्रभावित क्षेत्र पहिचानमा कठिनाइ भएको समस्या समाधान गर्न सम्बन्धित क्षेत्रका विज्ञ कर्मचारीको दरबन्दी बढाउनुपर्ने, श्रोत, साधन वृद्धि गरी कार्यक्षेत्रमा पहुँच अभिवृद्धि गर्नुपर्ने । राष्ट्रिय गौरवका आयोजनामा विनियोजित रकम घटाउन नहुने । प्राकृतिक श्रोत साधनको रुपमा रहेको नदीजन्य गिटि बालुवा नियमन र व्यवस्थापनको लागि छुट्टै कानूनको आवश्यकता रहेको, राष्ट्रिय गौरवका आयोजना सञ्चालन तथा व्यवस्थापनको लागि छुट्टै कानूनी व्यवस्था गर्ने, स्थानीय सरकार र प्रदेश सरकार राष्ट्रिय गौरवका आयोजनामा सर्भाइ अभिवृद्धि गर्नुपर्ने ।’
समितिले हुलाकी राजमार्गमा विद्युतीय पोल, ढल, खानेपानी पाइप, लगायतका विषयमा अन्तर मन्त्रालय र स्थानीय सरकारसँग समन्वय गरी एकीकृत रुपमा कार्य अघि बढाउन पनि निर्देशन दिएको छ । त्यस्तै निर्माण सामग्रीको सहज उपलब्धताको व्यवस्था गर्न, हुलाकी सडक अन्तर्गत सडकको क्षमताअनुसार पुलको व्यवस्था गर्नपनि निर्देशन दिएको छ । 
उहाँले भन्नुभयो, ‘हुलाकी राजमार्गको सन्दर्भमा विद्युतीय पोल, ढल, खानेपानी पाइप, लगायतका विषयमा अन्तर मन्त्रालय र स्थानीय सरकारसँग समन्वय गरी एकीकृत रुपमा कार्य गर्नुपर्ने । 
निर्माण सामग्रीको सहज उपलब्धताको व्यवस्था गर्नुपर्ने । 
हुलाकी सडक अन्तर्गत सडकको क्षमताअनुसार पुलको व्यवस्था गर्नुपर्ने । 
झापा, मोरङ, सुनसरी खण्ड अन्तर्गत हुलाकी सडकको हाट खोला बर्गाची खण्डमा रेखांकनको लागि पुनःविचार गर्नुपर्ने ।’
समितिले झापा, मोरङ, सुनसरी खण्ड अन्तर्गत हुलाकी सडकको हाट खोला बर्गाची खण्डमा रेखांकनको लागि पुनःविचार गर्न पनि सरकारलाई निर्देशन दिएको छ । 


काठमाडौं

सोमवार, माघ २८, २०८१

१२.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

निर्वाचन अगाडि गठबन्धन गरौं भन्ने व्यक्ति कांग्रेसमा रहँदैन :...

एमाले नेतृत्वमा ओली रहुन्जेल वामपन्थी एकता सम्भव छैनः अध्यक्ष...

नागरिकलाई सहज सेवा दिन थप सुधारका उपायहरु अवलम्वन गर्न...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन