काठमाडौं । मुगुको छाँयानाथरारा नगरपालिका वडा नम्बर ६ मन्दमा एकै परिवारको चारजनाको शव फेला परेको छ ।
श्रीदेवी बोहरा र उहाँका तीन जना छोराछोरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
अहिले आफू पनि घटनास्थलमा पुगेर अनुसन्धान शुरु गरेको उहाँले बताउनुभयो । ज्यान गुमाउनेहरुमा २८ वर्षकी श्रीदेवी उहाँका ११ वर्षका छोरा मनोज, आठ वर्षकी छोरी अप्सरा र आठ महिनाका छोरा रहरको शव फेला परेको हो ।
श्रीदेवीका श्रीमान् दिपक बोहरा भने वैदेशिक रोजगारीका लागि कतारमा रहनुभएको छ । डिएसपी थापाले हत्याको आशंका रहेको र थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।