fbpx

संसद्को ध्यान ऐन, कानुन बनाउनेतिर जादैँ गएन : सभामुख

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद्को ध्यान ऐन, कानुन बनाउनेतिर जान नसकिरहेको बताउनुभएको छ ।

आइतवार अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक ले आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ विमोचन समारोहलाई सम्बोधन गर्दै सभामुख घिमिरेले संसद्को ध्यान ऐन, कानुन बनाउनेतिर जान नसकेको बताउनुभएको हो । देशमा धेरै ऐन, कानुन बनाउनुपर्ने आवश्यकता भए पनि त्यसो हुन नसकेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो देशमा ऐन, कानुनको अभाव छ । यद्यपि हामीले धेरै ऐन बनाउने काम गरेका छौँ । तर बनेका ऐनले त्यति बेलाकै कामहरू गर्न कार्यान्वयनका रूप कति लिएका छन् भन्ने कुरा हाम्रा विभिन्न प्रणाली, खासगरी संसदीय प्रणालीभित्र अपनाइने विभिन्न खालका समिति र तरिकाहरूबाट त्यसको अनुगमन निष्पक्ष ढङ्गबाट हुन सकिरहेको छैन ।

संसद्को ध्यान पनि त्यतातिर धेरै जान सकिरहेको छैन । संसद्लाई कार्यकारी अथवा सरकारले उचित ढङ्गबाट हेरिरहेको छैन ।’

सभामुख घिमिरेले कतिपय कुराहरू न्यायपालिकामा गएर पनि काममा अवरोध खडा भएको बताउनुभयो । उहाँले कार्यपालिका र व्यवस्थापिकाका बीचमा समन्वय हुनुपर्ने बताउनुभयो । ऐन, कानुन कार्यान्वयनमा देखिएका समस्याको समाधान खोज्नुपर्ने र कार्यपालिकालाई व्यवस्थित गर्नुपर्ने उहाँको भनाइ छ ।

सभामुख घिमिरेले विगतमा भएका युद्धमा प्रभावित मान्छेहरूका लागि सरकारले गम्भीर भएर कुनै पनि काम गर्न नसकेको बताउनुभयो । त्यस्तै संसदमा पनि ती विषयमा आधारित भएर छलफल गर्न नसकिएको भन्दै उहाँले त्यसप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सभामुख घिमिरेले सरकारलाई संसद्प्रति उत्तरदायी बनाउनुपर्ने बताउनुभयो । उहाँले संसद्लाई नागरिकको आकाङ्क्षा अभिव्यक्ति गर्ने थलोको रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले राजनीतिक दल र सांसदहरूलाई नागरिकप्रति उत्तरदायी बनाएर संसद् चलाउने दाबी पनि गर्नुभयो ।


काठमाडौं

शुक्रबार, फाल्गुन २, २०८१

१४.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

वित्तीय समानीकरण अनुदान कटौतीबारे गाउँपालिका महासङ्घ र नगरपालिका सङ्घद्वारा...

रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन...

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि