fbpx

उपत्यकाको वायुमण्डल तुवाँलोले भरियो

author

समाचारपाटी

४ हप्ता अगाडि

काठमाडौं । केही दिनयता काठमाडौं उपत्यकाको वायुमण्डल तुवाँलोले भरिएको छ । यसले उपत्यकाको वायु गुणस्तर खराब भएको देखाउँछ । उपत्यकाको वायु गुणस्तर पछिल्लो पटक अस्वस्थकर सूचीमा पुगेको छ ।

सोमबार दिउँसो १ बजे वर्ल्ड एयर क्वालिटी इन्डेक्स(आईक्यू एयर) अनुसार काठमाडौँको वायु गुणस्तर १८४ एक्यूआइ रहेको जनाइएको छ । चिसो याममा काठमाडौं उपत्यकाको वायु अस्वस्थकर नै हुने गरेको छ । वातावरण विभागका अनुसार आइतबार बिहानदेखि साँझ ६ बजेसम्म काठमाडौँ उपत्यकाका विभिन्न स्थानको वायुको गुणस्तर ‘एयर क्वालिटी इन्डेक्स’ १५० भन्दामाथि रह्यो । साँझ ६ बजे ललितपुरको भैँसेपाटीको एक्यूआई उपत्यकाकै सबैभन्दा धेरै १६४ थियो ।

वर्ल्ड एयर क्वालिटी इन्डेक्सका अनुसार सोमबार काठमाडौँको वायु गुणस्तर १५९ एक्यूआइ भएर विश्वका सबैभन्दा प्रदुषित सहरमध्ये छैठौँ स्थानमा रहेको छ l उक्त सूचीमा वायु गुणस्तर १६९ एक्यूआइ भएको भियतनामको हनोई शीर्ष स्थानमा छ l

वायु गुणस्तर सूचकाङ्क ०–५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१ – ३०० निकै अस्वस्थ तथा ३०१ भन्दा माथि भएमा खतरनाक तह पुगेको सङ्केत गर्ने विभागले उल्लेख गरेको छ ।

वायु प्रदूषणको मुख्य कारक उद्योग कलकारखाना, सवारी साधनबाट निष्कासन हुने धूवाँ, वन डढेलो, खुला रूपमा फोहोर तथा कृषिजन्य अवशेष जलाउने, घरबाट निस्कने धूवाँ, सडक तथा निर्माण कार्यहरूबाट उड्ने धूलो रहेको विभागले जनाएको छ ।

नेपालमा मङ्सिरदेखि जेठसम्म अर्थात् ६ महिना वायु प्रदूषण उच्च हुने गरेको जानकारहरू बताउँछन् । वायु प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने गरेको छ । विशेष गरी बालबालिका, वृद्ध वृद्धा एवम् श्वासप्रश्वास तथा मुटुका बिरामी, गर्भवतीलाई बढी प्रभाव पार्दछ । यस्तो समयमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।


काठमाडौं

बुधबार, चैत्र ५, २०८१

१३.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

पुल्चोक क्याम्पसमा २ हजार ९७९ मत खस्यो

झडप भएपछि पाटन संयुक्त क्याम्पसको चुनाव स्थगित

काठमाडौं उपत्यकाका ११ क्याम्पसमा स्ववियु नेतृत्वका लागि मतदान हुँदै

आरआर क्याम्पस बाहिर विद्यार्थीहरुले गरे विरोध स्वरुप मतदान

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन