fbpx

मुस्ताङको थासाङमा ७ दिनदेखि बेपत्ता एक व्यक्ति मृत अवस्थामा फेला

author

समाचारपाटी

२ महिना अगाडि

जोमसोम । मुस्ताङको थासाङमा ७ दिनदेखि बेपत्ता एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । थासाङ गाउँपालिका—४ झिप्रा देउराली निवासी ५० वर्षीय आई बहादुर दमाई शनिबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डीएसपी सुर्यबहादुर बोगटीले जानकारी दिनुभयाे ।

मंसिर ९ गते घरबाट मुस्ताङको घाँसामा आफन्त बितेको ठाउँमा हिँडेका दमाई घर फर्किदा सम्पर्कविहीन थिए । दमाई घर नफर्किएपछि थासाङ—४ का वडाध्यक्ष नगेन्द्र शेरचनले ईलाका प्रहरी कार्यालयलाई जानकारी गराएका थिए । सम्पर्कविहीन दमाईका परिवारले समेत जिल्ला प्रहरी कार्यालय मुस्ताङमा खोजतलासका लागि लिखित निवेदन दिएका थिए ।

दमाईको खोजीकार्यका लागि नेपाल प्रहरी ,नेपाली सेना र स्थानीय बासिन्दाले थासाङको विभिन्न स्थानमा खटेका थिए। जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी प्रमुख एवं डीएसपी बोगटीले ७ दिनसम्म सम्पर्कविहीन भएर बेपत्ता व्यक्ति फेला परेको पुष्टि गर्नुभयाे । डीएसपी बोगटीका अनुसार बेपत्ता दमाईको शव थासाङ गाउँपालिका—३ लेते खोला किनारामा उत्तानो परेको अवस्था मृत भेटिएको हो ।  

शव फेला परेको सूचना स्थानीयबाट जानकारी गराइएपछि जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट डीएसपी बागेटीको कमाण्डमा ४ जना र ईलाका प्रहरी कार्यालयबाट ३ जना गरी ७ जनाको प्रहरीले घटना स्थलमा पुगेको थियो । प्रहरीले मृतको शव थासाङ गाउँपालिका -३ स्थित लेते प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी  प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिनुभयाे ।

onlinekhabar


काठमाडौं

शुक्रबार, माघ ४, २०८१

७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविसँगै छुटेका पूर्वडीआईजी अझै काठमाडौंमा हाजिर भएनन्

प्रचण्डको गणतन्त्र दुर्घटनामा पर्ने खतरा भएको टिप्पणी

राष्ट्रपतिद्वारा भूमिसम्बन्धी अध्यादेश जारी

रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न आदेश

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

थारू बस्तीहरुमा माघी चहलपहल शुरू