fbpx

बाँकेमा सातौं राष्ट्रिय थारू साहित्य सम्मेलन

author

समाचारपाटी

२ years अगाडि

नेपालगन्ज । थारू लेखक संघ नेपालले सातौं राष्ट्रिय थारू साहित्य सम्मेलन बाँकेमा आयोजना गर्ने भएको छ। थारू लेखक संघ नेपाल बाँके र थारू गोचाली समाज नेपाल राप्ती सोनारीले शनिबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी आगामी माघ २० देखि २२ गतेसम्म राष्ट्रिय थारू साहित्य सम्मेलन आयोजना गर्न लागेको जानकारी दिनुभएकाे हाे। 

संघका केन्द्रीय सदस्य शेखर दहितले सम्मेलनमा समकालीन थारू साहित्यबारे विमर्श, थारू भाषाका पुस्तकको प्रदर्शनी र बिक्री, थारू साहित्यको अनुसन्धान, बाँकेमा मातृभाषा शिक्षा, विकासमा वडघर, थारू हस्तकला र थारू उद्यमशीलता, बाँकेमा थारू साहित्यको अवस्था, थारू साहित्यमा युवा लगायतका विषयमा छलफल हुनेछ। 

यसैगरी थारू र सिकलसेलबारे पनि छलफल हुनेछ। देशभरीबाट आएका झन्डै तीन सय लेखक, पत्रकार, विश्लेषक, अध्येताहरूलाई बाँकेको राप्तीसोनारी र नरैनापुरमा रहेका पर्यटकीय क्षेत्र बर्फानीबाबा, सन्तानेश्वर, भुवरभवानी, सिक्टा नहर मूल बाँध क्षेत्रको अवलोकन गराउने कार्यक्रम पनि रहेको छ। यसअघि ०७३ सालमा पहिलो राष्ट्रिय थारू साहित्य सम्मेलन दाङमा भएको थियो। दोस्रो कैलालीको धनगढीमा, तेस्रो बर्दियाको बढैयातालमा, चौथो रुपन्देहीको मुर्गीया, पाँचौं सुर्खेतको नयाँगाउँ, छैठौं कञ्चनपुर र सातौं बाँकेको राप्तीसोनारी गाउँपालिका–६ सिधनवामा हुन लागेको हो। 


काठमाडौं

सोमवार, फाल्गुन ५, २०८१

१४.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुमना श्रेष्ठले कलिंगा घटनाबारे प्रतिनिधिसभा बैठकमा बोल्न पाउनुभएन

खोटाङका सांसदद्धारा सरकारसँग दमकल माग

भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेको छु :...

सरकारले उच्च शिक्षा विधेयकको सट्टा मापदण्ड ऐन बनाउँने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताको ८ औं संस्करण फागुन...

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन