थाइल्याण्डमा हुने भनिएको छैटौँ बिमस्टेक शिखर सम्मेलन स्थगित

author

समाचारपाटी

९ महिना अगाडि

काठमाडौं । थाइल्याण्डमा हुने भनिएको छैटौँ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलन स्थगित भएको छ। थाइल्याण्डको प्रधानमन्त्री हेरफेर, बंगलादेश र म्यानमारमा आन्तरिक द्वन्द्वलगायतका विषय लिएर बिमस्टेक सम्मेलन स्थगित भएको हो। आगामी सेप्टेम्बर ४ र ५ अर्थात् भदौ १९ र २० गते थाइल्याण्ड आयोजना गर्ने घोषणा भएको थियो। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार थाइल्याण्डमा हुने भनिएको बिमस्टेक बैठक स्थगित गरिएको मौखिक जानकारी बिमस्टेकमा आवद्ध राष्ट्रहरुलाई आएको छ।

उच्चस्रोतका अनुसार थाइल्याण्डले आन्तरिक राजनीतिक कारण देखाउँदै नेपाललाई पनि बिमस्टेक शिखर सम्मेलन स्थगित गरेको जानकारी दिएको हो। यद्यपी लिखित जानकारी आउन बाँकी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। बिम्स्टेक सम्मेलनमा थाइल्याण्डसहित नेपाल, भारत, बंगलादेश,श्रीलंका, भुटान र म्यानमार सदस्य राष्ट्र छन्। परराष्ट्र मन्त्रालयले उक्त सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको तयारी गरिरहेको थियो।

थाइल्यान्डका प्रधानमन्त्री स्रेथा थाविसिनलाई संवैधानिक अदालतले गत साउनमा पदमुक्त गरेपछि पेतोङत्रान सिनावात्रा प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन्। बंगलादेशमा पनि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएपछि अन्तरिम सरकारको प्रधानमन्त्रीमा मोहम्मत युनुस नियुक्त भएका छन्। सम्मेलनमा सबै राष्ट्रको सरकार प्रमुख जाने तयारी थियो।

दक्षिण तथा दक्षिणपूर्वी एशियाली मुलुकबीच सहयोग आदानप्रदान गर्ने र व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले बिम्स्टेक स्थापना भएको हो।


काठमाडौं

शुक्रबार, जेष्ठ १०, २०८२

२०.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन