कपडा व्यवसायी एसोसिएसनको अध्यक्षमा गजेन्द्रमान श्रेष्ठ सर्वसम्मत चयन

author

समाचारपाटी

२ years अगाडि

पोखरा । कपडा व्यवसायी एसोसिएसन कास्कीको अध्यक्षमा गजेन्द्रमान श्रेष्ठ सर्वसम्मत चयन हुनुभएकाे छ । शनिवार सम्पन्न एसोसिएसनको २१ औँ साधारण सभा तथा ११ औँ अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । यस्तै वरिष्ठ उपाध्यक्षमा लेखनाथ पौडेल, उपाध्यक्षमा रामचन्द्र तिमिल्सीना, महासचिवमा चोक बहादुर गुरुङ, सचिवमा पूर्ण बहादुर थापा र कोषाध्यक्षमा सुदर्शन बाटाजु सर्वसम्मत चयन हुनुभएकाे छ ।

एसोसिएसनको सदस्यहरूमा रजनी चापागाईँ, ममता गुरुङ, दीपेन्द्रराज आचार्य, मीनराज तिमिल्सीना, नारायण प्रसाद अधिकारी चयन भएका छन् । शनिवार नै बसेको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले रोशन आचार्य र वीरेन्द्र आचार्यलाई सदस्यमा मनोनीत गरेको छ भने, बाबुलाल अग्रवाल र विकास भालोटियालाई आमन्त्रित सदस्यमा चयन गर्ने निर्णय समेत गरेको छ ।

यसअघि एसोसिएसनको २१ औँ साधारण सभा एवं ११ औँ अधिवेशनको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले व्यवसायीका समस्याहरू प्रति आफू जानकार रहेको बताउनुभयाे । पोखरा महानगरपालिकाले यसअघि रहेको करको दरलाई घटाएको र व्यवसायमैत्री नीतिहरूको अवलम्बन गरेको उहाँले बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘व्यवसायीका समस्याहरू प्रति म जानकार नै छु, त्यस हिसाबले पनि यहाँलाई थाहा नै होला, हामीले सम्पत्ति कर घटाएका छौँ, व्यवसाय कर घटाएका छौँ, विज्ञापन कर खारेज गरेका छौँ, पार्किङ शुल्क खारेज गरेका छौँ, यद्यपि पार्किङ विषयमा थप व्यवस्थापन गर्न बाँकी छ ।’

महानगरपालिकाको क्षेत्राधिकार भित्र पर्ने व्यवसायीतक समस्याहरूको समाधानका लागि पोखरा महानगरपालिका प्रतिबद्ध रहेको प्रमुख आचार्यले बताउनुभयाे । ‘हामीले अर्को ठुलो काम पनि गरेका छौँ, घर बहाल करको दरमा धेरै घटाइएको छ, १५ प्रतिशतबाट व्यक्तिको हकमा ४ प्रतिशत र व्यवसायीको हकमा ५ प्रतिशतमा घटाइएका छौँ । प्रमुख आचार्यले भन्नुभयाे, ४ प्रतिशतमा झर्दा पनि घरधनीहरूले तिर्दैनन् भने त्यो कारबाहीका लागि योग्य हुन्छ ।’ घर बहालमा बस्नेले नै तिर्नु पर्ने अवस्थाको अन्त्यका लागि पोखरा महानगरपालिका सचेत रहेको उहाँले बताउनुभयाे । घर बहालका सम्बन्धमा दुई थरी खाता राख्ने प्रवृत्तिको अन्त्य जरुरी रहेको उहाँले बताउनुभयाे ।

कार्यक्रममा मादी गाउँपालिका वडा नं.४ का वडा अध्यक्ष शिव प्रसाद सापकोटा, पोखरा उद्योग वाणिज्य सङ्घका कार्यसमिति सदस्य सुदि ओझा, पोखरा चेम्बर अफ कमर्सका अध्यक्ष यमनाथ तिमिल्सीना र साँघु मुख महेन्द्र पुल बजार समितिका अध्यक्ष नवराज कोइराला लगायतले बोल्नुभएकाे थियाे ।

रजत उत्सव समेत मनाएको एसोसिएसनले सो अवसरमा विभिन्न सम्मानहरू समेत प्रदान गरेको छ । पुराना व्यवसायी सम्मान सिलसिला इम्पोरियमका प्रोप्राइटर ध्रुव बाटाजु, महिला उद्यमी सम्मान रजनी चापागाईँ र कपडा पत्रकारिता पुरस्कार युवा पत्रकार भीम थापालाई प्रदान गरिएको छ । एक दशक लामो समयदेखि पोखराको पत्रकारितामा क्रियाशील पत्रकार थापालाई नगद रु ११ हजार १ सय ११ सहित सम्मान पत्र र दोसल्ला प्रदान गरिएको हो ।

एसोसिएसनका अध्यक्ष विष्णु प्रसाद तिमिल्सीनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत संस्थापक अध्यक्ष रामजी प्रसाद बास्तोला, धन्यवाद ज्ञापन निवर्तमान अध्यक्ष नवीन नापित र सञ्चालन महासचिव धर्ममान सिंह भण्डारीले गर्नुभएकाे थियाे ।


काठमाडौं

आइतवार, बैशाख १४, २०८२

१६.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन