कपडा व्यवसायी एसोसिएसन कास्कीको नयाँ वर्ष शुभकामना आदान प्रदान तथा भित्ते पात्रो विमोचन

author

समाचारपाटी

२ years अगाडि

पोखरा । कपडा व्यवसायी एसोसिएसन कास्कीको २७ औँ स्थापना दिवस तथा नयाँ वर्ष २०८० सालको शुभकामना आदान प्रदान तथा भित्ते पात्रो विमोचन कार्यक्रम बिहीबार सम्पन्न भएको छ । संस्था स्थापना भएको २७ वर्ष पुरा भएको अवसरमा प्रकाशित नयाँ वर्ष २०८० सालको भित्ते पात्रोको समेत विमोचन गरिएको हो ।

सो अवसरमा संस्थाका संस्थापक अध्यक्ष रामजीप्रसाद बास्तोलाले व्यवसायीहरू सङ्कटपूर्ण अवस्थाबाट गुज्रिरहेको बताउनुभयो । कोरोना भाइरसको सङ्क्रमणका कारण थला परेका व्यवसायीहरूको अवस्था हाल आर्थिक सङ्कटबाट गुज्रिरहेको उहाँले बताउनुभयो । अँध्यारो पछि आउने उज्यालोलाई हेरेर भएपनि व्यवसायीक रूपमा बचेर व्यवसाय सञ्चालन गर्नु पर्ने अवस्थामा व्यवसायीहरू रहेको उहाँले उल्लेख गर्नुभयो ।

संस्थाका पूर्व अध्यक्ष रामचन्द्र गौतमले मुलुकको राजनीतिक अस्थिरता र बैक तथा वित्तीय संस्थाको अचाक्ली ब्याजका कारण व्यवसायीहरू थप समस्यामा परेको बताउनुभयो । आर्थिक रूपमा धारासायी भएका व्यवसायीहरूको पुनरुत्थानका लागि समस्याहरूको साझा समाधानमा जोड दिनुभयो ।

संस्थाका पूर्व अध्यक्ष एवं सल्लाहकार जनकराज पराजुलीले आर्थिक चपेटामा परेका व्यवसायीहरूलाई घर भाडाँमा सहुलियतका लागि विशेष पहल गर्नुपर्ने बताउनुभयो । कोरोनाकाल पछिको आर्थिक सङ्कट र चर्को ब्याजदरका कारण पलायन हुने अवस्थामा पुगेका व्यवसायीहरूको समस्या समाधानका लागि उहाँले एकीकृत प्रयासमा जोड दिनुभयो । सामूहिक रूपमा व्यवसायीहरूको समस्याका सम्बन्धमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउन नसके समस्या थप जटिल बन्दै जानेतर्फ उहाँले सचेत बन्न सुझाव दिनुभयो ।

संस्थाका पूर्व अध्यक्ष एवं सल्लाहकार यमनाथ तिमिल्सीनाले व्यवसायीका पिर मर्काका विषयमा एकाकार हुन आवश्यक रहेको बताउनुभयो । साझा समस्याहरू समाधानका लागि व्यवसायीक एकता र समझदारी आवश्यक पर्ने उहाँले बताउनुभयो । संस्था सदैव व्यवसायीहरूको हितका लागि निरन्तर क्रियाशील र सक्रिय हुनु पर्नेमा उहाँले जोड दिनुभयो ।

संस्थाका पूर्व अध्यक्ष नवीन नापितले कठिन परिस्थितिका बाबजुद पनि व्यवसाय सञ्चालन गर्नु परेको बताउनुभयो । राज्यले थोपरेको करको भारी र बैक तथा वित्तीय संस्थाहरूको चर्को ब्याजले व्यवसायीहरूलाई निकै अप्ठ्यारो पारेको उहाँले उल्लेख गर्नुभयो । व्यवसायीका समस्याको समाधानका लागि विशेष पहल गर्न जरुरी रहेको उहाँले बताउनुभयो ।

उक्त अवसरमा एसोसिएसनले विद्यार्थीहरू सारिका राना र खुसी तामाङलाई छात्रवृत्ति समेत प्रदान गरेको छ । संस्थाका अध्यक्ष गजेन्द्रमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष विष्णुप्रसाद तिमिल्सीनाले धन्यवाद ज्ञापन, स्वागत उपाध्यक्ष एवं कार्यक्रम संयोजक रामचन्द्र तिमिल्सीना र सञ्चालन संस्थाका महासचिव चोक बहादुर गुरुङले गर्नुभएको थियो ।


काठमाडौं

बुधबार, जेष्ठ १, २०८२

२१.५२°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

वर्तमान व्यवस्था भ्रष्टहरुको उत्पादन गर्ने कारखानामा परिणत भयोः कमल...

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन