११२ व्यवसायीका २५० मिटरहरू परीक्षण तथा नवीकरण

author

समाचारपाटी

१ year अगाडि

पोखरा । कपडा व्यवसायी एसोसिएसन कास्कीको आयोजनामा मिटर परीक्षण तथा नवीकरण कार्यक्रम सम्पन्न गरिएको छ । संस्थाको नियमित वार्षिक कार्यक्रम अन्तरगत व्यवसायी सदस्यहरूका लागि यो कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष गजेन्द्रमान श्रेष्ठले बताउनुभयो ।

“हामीले संस्थामा आबद्ध सदस्य व्यवसायीहरूको सहयोगका लागि यस प्रकारको कार्यक्रम वर्षेनी गर्दै आइरहेका छौँ, अध्यक्ष श्रेष्ठले भन्नुभयो, यसले गर्दा व्यवसायीहरूलाई नियमित गर्नु पर्ने मिटर परीक्षणका लागि नापतौल तथा गुणस्तर कार्यालयसम्म धाउनु पर्ने अवस्थाको अन्त्य भएको छ ।” उहाँका अनुसार शनिवार ११२ व्यवसायीहरूका २५० मिटरहरू परीक्षण तथा नवीकरण गरिएको छ ।

मिटरहरू चलाउने वा काम गर्ने सिलसिलामा बाङ्गिने र खिइने समस्या हुने भएकाले त्यसको यकिनका लागि वर्षेनी नाप जाँच तथा नवीकरण गराउनु पर्ने व्यवस्था अनुरूप यस प्रकार मिटरहरू परीक्षण गरिएको गुणस्तर तथा नापतौल कार्यालय कास्कीका प्रमुख मनोज कुमार पोखरेलले बताउनुभयो । उहाँका अनुसार व्यवसायीहरूले नियमित रूपमा न्यूनतम शुल्क बुझाएर मिटर नवीकरण गर्नु पर्दछ ।

संस्थाको पहलमा भएको कार्यक्रमले आफूहरूलाई सहज भएको व्यवसायीहरूले बताएका छन् । संस्थामा आबद्ध व्यवसायीहरूको हितलाई मध्यनजर गरी मिटर जाँच सहित नवीकरणको व्यवस्था मिलाएको उनीहरूले आभार समेत व्यक्त गरेका छन् । कार्यक्रम संस्थाका रोशन आचार्यको संयोजकत्वमा सम्पन्न भएको हो ।


काठमाडौं

सोमवार, बैशाख १५, २०८२

२२.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’