fbpx

एक्स्ट्राटेक ओभल मैदानमा जडान भएको फ्लडलाइटको परीक्षण सम्पन्न

author

समाचारपाटी

३ हप्ता अगाडि

काठमाडौं। रुपन्देहीको एक्स्ट्राटेक ओभल मैदानमा जडान भएको फ्लडलाइटको परीक्षण सम्पन्न भएको छ । गएराति पाँच वटै फ्लडलाइटको परीक्षण गरिएको हो ।

निजी क्षेत्रको पहलमा तिलोत्तमामा बनेको क्रिकेट मैदान प्राविधिक पक्षहरू सुधार गरेसँगै केही दिनभित्रै परीक्षण सम्पन्न गर्ने तयारी भएको प्रबन्ध निर्देशक विनोद कुँवरले जानकारी दिनुभयो ।

७ करोड रुपैयाँभन्दा बढी खर्च गरी फ्लडलाइट जडान गरिएको हो । निजी क्षेत्रले बनाउने काम गरे पनि स्टेडियम सरकारकै सम्पत्ति भएको उहाँको भनाइ छ ।

डेढ वर्षअघि मैदान बनाउन शुरू भएको थियो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० को मापदण्ड अनुसार आवश्यक कामहरू पूरा गरेको प्रबन्ध निर्देशक कुँवरले बताउनुभयो । उहाँका अनुसार भीआईपी बिल्डिङ निर्माणाधीन रहेको र तेस्रो तलासम्मको ढलान सम्पन्न भइसकेको छ । प्याराफिट बनाउने काम बाँकी छ ।

यही फागुन २५ गतेदेखि शुरू हुने प्रधानमन्त्री कप क्रिकेटका ४६ मध्ये १५ खेल यही मैदानमा हुँदैछन् । प्रधानमन्त्री कपका लागि मैदानमा आवश्यक काम भइरहेको छ । अहिलेसम्म मैदानमा जग्गाबाहेक २५ करोड रुपैयाँभन्दा धेरै खर्च भइसकेको कुँवरले बताउनुभएको छ ।


काठमाडौं

शुक्रबार, चैत्र ७, २०८१

२४.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

दार्चुलामा स्ववियु अध्यक्षमा दलित महिला निर्वाचित

स्ववियु चुनाव कहाँ के भयो

मेची बहुमुखी क्याम्पसमा नेविसंघ विजयी

पद्मकन्या क्याम्पसमा मतदान हुँदै

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन