fbpx

कैलाली कञ्चनपुरमा रेबिजको भयावह अवस्था

author

समाचारपाटी

१ year अगाडि

धनगढी । कैलाली कञ्चनपुरमा रेबिज रोगको संक्रमण भयावह बन्न थालेको छ । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला प्रदेश कार्यालय धनगढीका अनुसार पछिल्लो एक डेढ महिना यता पशुपक्षीमा रेबिज तीब्र रुपमा देखिन थालेको हो भने रेबिजका कारण मर्ने पशु चौपायाको संख्या समेत बढ्न थालेको छ ।

‘कैलालीको गौरीगङ्गा र धनगढीमा रेबिज संक्रमण भएका पशु चौपाया भेटिएका छन्,’ पशुपन्छी रोग अन्वेषण प्रयोगशाला प्रदेश कार्यालय धनगढीका प्रमुख डा।नरेश जोशीले भन्नुभयो, ‘कञ्चनपुरमा यसको संक्रमण उच्च रुपमा देखिएको छ, रेबिजका कारण पशु मर्नेक्रम पनि कञ्चनपुरमै उच्च रहेको छ ।’

उहाँका अनुसार हालसम्म कञ्चनपुरको पुनर्वास नगरपालिका–१ मा एटा भैँसी, एक बाख्रा, शुक्लाफाँटा नगरपालिकामा एउटा कुकुर, भीमदत्त नगरपालिकाका विभिन्न वडामा कुकुर, बाख्रा, गाईको बाच्छो, गाई, लालझाडी गाउँपालिकामा कुकुर लगायत धेरै पशुप‌ंछी रेबिज रोगका कारण मरेको पुष्टि भएको छ ।

कार्यालयमा रेबिजका कारण पशुचौपाया मरेको थोरैमात्रै तथ्यांक आएको छ,’ जोशीले भन्नुभयो, ‘तर पछिल्लो एक डेढ महिना यता रेबिजका कारण मात्रै ५ सय भन्दा बढी पशु चौपाया मरेको हाम्रो आकलन रहेको छ ।’ यता कैलालीको धनगढी र गौरिगंगाको एउटा–एउटा बाख्रामा पनि रेबिज रोग पुष्टि भएको प्रयोगशाला प्रमुख जोशीले बताउनुभयो । उहाँले पशु चौपायामा रोगको संक्रमण देखिएपछि त्यसको कुनै औषधि नभएको समेत बताउनुभयो । ‘रोग नियन्त्रण गर्ने एउटै उपाय रोग लाग्न पुर्वनै पशुचौपायमा रेबिजविरुद्धको खोप लगाउनु हो,’ प्रयोगशाला प्रमुख जोशीले बताउनुभयो, ‘रोग लागिसकेपछि त्यसलाई निको पार्ने कुनै औषधि अहिलेसम्म पत्ता लागेको छैन, रोग लागेको चौपाया मरिहाल्छ ।’

उहाँले रेबिजको संक्रमण बढ्न थालेपछि पछिल्लो समय २४औं घण्टा प्रयोशालामा रोगको परिक्षण हुने गरेको बताउनुभयो । ‘श्रोतसाधन न्युन हुँदा पनि कर्मचारी जिम्मेवारीपुर्ण तरिकाले काम गरिरहनुभएको छ,’ उहाँले भने, ‘अहिले २४ औं घण्टा प्रयोगशालामा हामी काम गरिरहेका छौं, अत्यावश्यक सेवाका लागि पशु एम्बुलेन्स पनि तयारी अवस्थामा राखिएको छ ।


काठमाडौं

सोमवार, जेष्ठ ७, २०८१

१९.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

गृहमन्त्रीविरुद्ध नेवि संघको विरोध प्रदर्शन

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...