पोखरामा जारीअन्तर्राष्ट्रिय टेनिसमा पुरुषतर्फ ताइवानी तथा महिलातर्फ भारतिय खेलाडीहरुको दवदवा

author

समाचारपाटी

२ years अगाडि

पोखरा । पोखरामा जारी आइटीएफ जे–५ टेनिस प्रतियोगिता अन्तर्गत बुधबार महिला तथा पुरुषतर्फ प्रि.क्वाटरफाइनलका खेलहरु भएका छन् । भारतका मायंक सर्माले नेपालका राजबिर प्रधानलाई ६–७, ७–५ र ६–१ को प्रतिस्प्रर्धातम सेटमा पराजित गर्दै राउण्ड–१६ को खेल पार गरे । पहिलो सेट सुपरटाईमा जितेका राजबिरले दोश्रो सेटमा पनि ५–२ को अग्रता लिएका थिए । जितको संघारमा पुगेका राजबिरलाई त्यहि सेटबाट रोक्दै सर्माले खेल आफ्नों पक्षमा पार्दा राजबिरको समर्थनमा तालि पिट्दै गरेका नेपाली समर्थकहरु स्तब्ध बने ।

नेपाल टेनिस संघको सहयोग तथा कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत पुरुष एकलतर्फका अन्य खेलहरुमा ताइवानका चेन हुई हो ले नेपालका आर्यन गिरीलाई ६–४, ६–२ ले पराजित गरे । ताइवानकै काई यिन याङले भारतका सागर कुमारलाई ६–१, ६–३ ले, ताइवानकै कि हौ होङले कोरियाका डोङ योङ योमलाई ६–४,६–२ ले, भारतका धिरज रेड्डीले रसियाका फेडोर सोसेड्किनलाई ७–५,४–६ र ७–५ ले, भारतका स्मिथ निलेसभाई पटेलले भारतकै सिद्धान्त सर्मालाई ६–४,६–४ ले, भारतका बंश नन्दलले भारतकै बस्तल मनिकन्तनलाई ६–४,६–२ र ६–४ ले पराजित गरे ।

महिला एकलतर्फ भारतका खेलाडीहरुको बर्चश्व देखिएको छ । भारतकी लक्ष्मी श्री डण्डुले नेपालकी प्रकृती श्रेष्ठलाई ६–०,६–० को सहज सेटमा पराजित गरिन् । नेपालकै रायना शाह पनि भारतिय खेलाडी दुर्गान्सी कुमारसंग ६–१,६–१ को सोझो सेटमा पराजित हुन पुगिन् । नेपालकी सुनिरा थापालाई भारतकी ककैरा सिद्धार्थ चेत्नानीले ६–४,६–२ ले पराजित गरिन् । अन्य खेलहरुमा भारतकी इसि महेश्वरीले श्रीलंकाकी भिष्मी ओन्थेरा सेरासिंगेलाई, भारतकै स्निग्दा कान्तले भारतकै हर्षिनी विश्वनादलाई, भारतकी श्रीनिधी बालाजीले भारतकै श्रीथिका रेड्डी भंगलालाई, भारतकै सतस्की चौधरीले भारतकै जानवी आश्वालाई, भारतकी दिसा बेहराले भारतकै आकु्रती सोन्कुसरीलाई पराजित गरिन् ।

बुधबारनै महिला तथा पुरुषतर्फ डबल्समा क्वाटरफाइनलका विभिन्न खेलहरु सम्पन्न भएका छन् । भारतका ककैरा सिद्धान्त चेतानी र दुर्गास्नी कुमारको जोडीले नेपालका प्रकृती श्रेष्ठ र सुनिरा थापाको जोडीलाई ६–१,६–३ ले हराउँदै अन्तिम चारमा स्थान बनाए । बिहीबार डबल्समा सेमिफाइनल तथा सिंगलतर्फ क्वाटरफाइनलका खेलहरु हुने टुर्नामेण्ट डाइरेक्टर अजय विष्टले जानकारी दिए ।


काठमाडौं

मङ्लबार, बैशाख १६, २०८२

१५.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन