१७ बर्षपछि फेरि ‘सिन्दुर’ बनाउँदै प्रज्ञा जोशी

author

समाचारपाटी

२ years अगाडि

काठमाडौंँ । ‘सिन्दुर’ नामबाट फेरि टेलिसिरियल निर्माण हुने भएको छ । कलाकार तथा निर्माता प्रज्ञा जोशीले १७ बर्षपछि यसै नामबाट सिरियल बनाउन लागेकी हुन् । सिरियलको शुक्रबार भद्रकाली मन्दिरमा शुभमुहूर्त गरिएको छ । निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले निर्देशन गरेको मूर्हूतमा चलचित्र कलाकार संघका पुर्व अध्यक्ष रविन्द्र खड्काले नरिवल फुटाउनुभएकाे थियाे । अभिनेत्री प्रत्रा जोशीले नै सिरियलको मुर्हत सट दिनुभएकाे थियाे ।

यस अगाडि पनि प्रज्ञाले नै ‘सिन्दुर’ नामबाट सिरियल बनाउनुभएकाे थियाे । जसको निर्देशन योगेश घिमिरेले गर्नुभएकाे थियाे । अहिलेको ‘सिन्दुर’ भने विनय राज पौडेले निर्देशन गर्न लाग्नुभएकाे हाे । ‘अहिलेका पुष्ताको बिषयबस्तुमा सिरियल ‘सिन्दुर’
निर्माण हुने अभिनेत्री प्रज्ञाले बताउनुभयाे । उहाँले पहिले झै दर्शकको साग अहिले पनि पाउने विश्वास ब्यक्त गर्नुभयाे।

निर्देशक पौडेलले निर्माता प्रज्ञाको म प्रति रहको निर्देशिय विस्वास टुट्न नदिने बताउनुभयाे । उहाँले १२ बर्ष अगाडि ‘सन्दुर’ पिःलमबाट सहायक निर्देशक बनेको स्मरण गर्दै अहिले ‘सन्दुर’ नामक सिरियल निर्देशन गर्न पाउदा निकै खुसी रहेको बताउनुभयाे । पौडेलले निदेर्शकको जिम्मेवारी निर्दे प्रज्ञा प्रति आभार ब्यक्त गर्नुभयाे । प्रज्ञा फिल्मस्को व्यानरमा निर्माण हुने टेलिसिरियलमा नविन श्रेष्ठ, प्रज्ञा जोशी, लक्ष्मी भुषाल, प्रदीपराज गिरी,अश्मी थापा, दीपेन्द्र सोनाम, स्नेहा पौडेल, पूर्णिमा
जिएम, टेकेन्द्र न्यौपाने, पवन केसी लगायत कलाकार अभिनय रहनेछ ।

मदन कश्यप घिमिरेको छायांकन, लय संग्रौलाको गीत रहेको टेलिसिरियलमा सम्राट थापाको संगीत छ । मुहूर्तमा कलाकार रविन्द्र खड्का, निर्देशक जनकदीप पराजुली, घनश्याम लामिछाने, ऋषि लामिछाने, मधुसुदन भट्टराई, सुन्दर श्रेष्ठ, प्रदीप भारद्धाज, चलचित्र पत्रकार संघका अध्यक्ष समिर बलामी, उपाध्यक्ष कुबेर गिरी,महासचिव रघुनाथ सापकोटालगायत थुप्रै ब्यक्तिको उपस्थिति थियो । सिरियलको लेखक पनि निर्देशक पौडेल हुनुहुन्छ । टेलिसिरियलको छायाँकन अर्काेसाताबाट सुरु हुने निर्देशक पौडेलले बताउनुभयाे ।


काठमाडौं

बुधबार, असार २५, २०८२

२१.८४°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

यो सरकारको पतन अनिवार्य छः अध्यक्ष नेपाल

धर्तीको एक जनाले पनि माधव नेपालले भ्रष्टाचार गरेको प्रमाण...

एमाले सकंटै संकटमा छ, भविष्य के हुने हो भन्न...

रास्वपाले रुपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया आईतवार टुंग्याउने,...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन