fbpx

एनसेल खरिदबिक्री प्रकरणबारे अध्ययन गर्न छानबिन समिति बनाउने सरकारको निर्णय

author

समाचारपाटी

१0 महिना अगाडि

सकरारले एनसेल खरिदबिक्री प्रकरणबारे अध्ययन तथा अनुसन्धान गर्न अध्ययन तथा छानबिन समिति बनाउने भएको छ । मंगलवार बालुवाटारमा बसेको गठबन्धन दलका शिर्ष नेताहरुको बैठकपछि बोल्दै सञ्चार तथा सूचनाप्रविधि मन्त्री रेखा शर्माले यस्तो बताउनुभएको हो । उहाँले दूर सञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा प्रकाशित खबरकाप्रति नेपाल सरकारको गम्भीर ध्यानाकर्षण र मन्त्रीपरिषद्को बैठकबाट आवश्यक अध्ययन तथा छानबिन समिति बनाउने निर्णय भएको बताउनु भयो । उहाँले समिति कति सदस्य बन्ने भन्ने टुंगो लागि नसकेको बताउनु भयो । उहाँले नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति नलिइ र नियामकलाई जानकारी समेत नगराई अस्वभाविक प्रावधान र मूल्यमा बिक्री भएको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘दूर सञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा प्रकाशित खबरकाप्रति नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको छ । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति नलिइ र नियामकलाई जानकारी समेत नगराई अस्वभाविक प्रावधान र मूल्यमा भएको देखिने यो कारोबारका सम्बन्धमा अध्ययन गर्न सम्माननीय प्रानमन्त्रीले मिति २०८० मंसिर १८ गते सम्बन्धित निकायलाई निर्देशन दिइसक्नुभएको छ । नेपाल सरकारले एनसेलको शेयर खरिदबिक्रीका सम्बन्धमा प्रचलित कानूनी प्रावधान तथा अन्तर्राष्ट्रिय विधि र प्रक्रियाको पालना एवं यस्ता क्रियाकलापबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा न्युनिकरण तथा नेपाल सरकारको राजश्व लगायतका विषयमा पर्ने प्रभावका बारेमा विस्तृत अध्ययन तथा छानबिन गर्ने । यस अध्ययन छानबिनबाट कुनै अनियमितता भएको पाइए नेपाल सरकारले सम्बन्धित सबैलाई तत्काल कानून बमोजिम कडा कारबाहीको दायामा ल्याउनेछ । नेपाल र नेपालीको हीत र सम्बन्धित कानूनको पालना गर्न र गराउन नेपाल सरकार प्रतिवद्ध रहेको छ । क्याबिनेट बैठकबाट आवश्यक अध्ययन तथा छानबिन समिति बन्नेछ । त्यसले सिफारिस गरे बमोजिम नेपाल सरकारले काम गर्नेछ ।’

मन्त्री शर्माले सरकारले एनसेलको शेयर खरिदबिक्रीका सम्बन्धमा प्रचलित कानूनी प्रावधान तथा अन्तर्राष्ट्रिय विधि र प्रक्रियाको पालना एवं यस्ता क्रियाकलापबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा न्युनिकरण तथा नेपाल सरकारको राजश्व लगायतका विषयमा पर्ने प्रभावका बारेमा विस्तृत अध्ययन तथा छानबिन गर्ने बताउनु भयो । 


काठमाडौं

शुक्रबार, अशोज २५, २०८१

२०.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पीडितका लागि निर्माण व्यवसायी विकास परिषदद्वारा एक करोड राहत

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन