काठमाण्डौ । लोक तथा दोहोरी गायिका एवं ब्यवसायि उमा श्रेष्ठ ले यस वर्ष पनि असंख्य श्रोता दर्शक लक्षित गर्दै नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०८० को शुभकामना सहित आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा तीज गीत ''पापाकी परी'' सार्बजनिक गर्नुभएकाे छ । उहाँले यस भन्दा पहिले पनि थुप्रै गीत संगीतहरु सार्बजनिक गरिसक्नुभएकाे छ ।
गायिका उमाले आफ्नो सांगीतिक यात्राको क्रममा विभिन्न अवार्ड तथा सम्मान समेत हात परिसक्नुभएकाे छ । स्थायी घर सिन्धुपाल्चोक हुनुभएकाे उहाँ व्यवसायीकताको नाममा मौलिकता भुल्न नहुने कुरा बताउँनुहुन्छ। गीतको नाम अनुसार भित्रि भाव नभएको र यस गीतले पनि असंख्य श्रोता तथा दर्शकहरुको मन जित्ने कुरामा उमा ढुक्क हुनुहुन्छ ।
लोक तथा दोहोरी गायिका एवं ब्यवसायिक उमा श्रेष्ठको पछिल्लो समय बजारमा आएको तीज गीतमा उमा श्रेष्ठको नै एकल स्वर रहेको छ । साथै सामुहिक स्वर अमृत खाती र नरेन्द्र वियोगीको पनि सुन्न सकिन्छ । प्रस्तुत गीतलाई लय तथा शब्द सिर्जना श्रीकृष्ण बम मल्लले भर्नुभएकाे छ । गीत अनुसार म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ । भिडियोलाई रुबिना अधिकारी, जोहन बम, बिनोद सेवान र अनिल परियारको अभिनयले सजाइएको छ ।
बिक्रम चौहान द्वारा निर्देशित भिडियोलाई छायांकन प्रकाश खड्काले गर्नुभएकाे हाे भने सम्पादन लक्ष्मण चुहंले गर्नुभएकाे छ । गायिका उमाले पहिलेका गीत संगीत जसरी नै यस गीतलाई पनि सम्पूर्णले मन परईदिनुहुन्छ भन्ने कुरामा गायिका उमा बिश्वास ब्यक्त गर्नुभएकाे छ । गीतलाई उमा श्रेष्ठ युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ । भिडियो हेर्न तल क्लिक गर्नु होला ।https://www.youtube.com/watch?v=V-zxyfdsgBQ&t=3s