fbpx

ऐतिहासिक वाटुलेचौर तीज मेला सम्पन्न, विन्ध्यवासिनी मा.वि सम्मानित

author

समाचारपाटी

१ year अगाडि

शिशिर उजाड, पोखरा । परापुर्वकाल देखि नै पोखराको वाटुलेचौरमा संचालन हुदै आएको ऐतिहासिक तीज मेला सम्पन्न भएको छ । नेपाली महिलाको महान पर्व हरितालिका तीजको अवसरमा हिमालय क्लवले आयोजनामा गरेको मेलामा विशुद्घ तीज गीत र नृत्य गरिएको थियो । मेलामा १६ वटा आमन्त्रित समुहले आ आफ्ना तिज गीत तथा नृत्य प्रस्तुत गरिएको र सोही कार्यक्रममा तीजको परम्परागत भाका हम्काईलोको समेत प्रस्तुती रहने थियो । मेलामा पोखरा १६ र १९ वडाका १६ वटा आमा समुहले सहभागिता जनाएका थिए । सहभागी टिमलाई प्रोत्साहन स्वरुप नगद दश हजार र प्रमाणपत्र वितरण गरिएको छ । समुहलाई क्लवका अध्यक्ष सुशील वस्नेत, वडाध्यक्ष अमृत शर्मा तिमिल्सीना, निवर्तमान अध्यक्ष मोहन थापा , संयोजक तारा प्रसाद तिमिल्सीना, मानार्थ सदस्य वेनी वहादुर वस्नेत लगायतले पुरस्कार तथा प्रमाण पत्र वितरण गरेका हुन् ।

साँझसम्म चलेको मेला हेर्न पोखरा सहित त्यस आसपासका क्षेत्रवाट सहभागीहरुको वाक्लो उपस्थिती रहेको थियो ।महेन्द्र गुफा तथा चमेरे गुफा पुगेका स्वदेशी तथा विदेशी पर्यटक समेत मेलामा झुम्मिएका थिए । मेलामा चर्चित लोक दोहोरी गायक राजन कार्की र ज्योति लोहनीले सहभागी दर्शकलाई आफ्ना एक दर्जन वढी तिजे भाकामा झुमाएका थिए ।उनीहरुले गाँउदा सहभागी महिलाहरु व्रतको प्रवाह नगरी कम्मर मर्काएरै दिनभर जसो छमछम्ती नाचेका थिए ।यस अघि त्यस क्षेत्रका विभिन्न १६ वटा आमा समुहका अध्यक्ष सहित वडा सदस्य राजकुमारी वाँनिया र मञ्जु वस्यालले संयुक्त रुपमा कार्यक्रमको उद्घाटन गरे । कार्यक्रममा पुर्व मन्त्री एवं गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापा सहित विभिन्न व्यक्तिलाई मायाको चिनो प्रदान गरिएको क्लवले जनाएको छ ।

क्लवका अध्यक्ष वस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य निवर्तमा अध्यक्ष मोहन थापा र संचालन सचिव शिवराज देवकोटाले गर्नुभएको थियो ।

विन्ध्यवासिनी मा.वि सम्मानित

पोखराको वाटुलेचौरमा रहेको विन्ध्यवासिनी माध्यमिक विद्यालय सम्मानित भएको छ । ऐतिहासिक वाटुलेचौर तिज मेलाको अवसरमा हिमालय क्लवले विद्यालयलाई सम्मान गरेको हो ।शिक्षा मन्त्रालयले गरेको शैक्षिक तथा भौतिक तर्फको मुल्यांकनमा सामुदायिक विद्यालय तर्फ देशभरमै उत्कृष्ट पहिलो वन्न सफल भइर्, यस क्षेत्रकै उच्च गौरव वढाएको उल्लेख गर्दै क्लवले सम्मान गरेको हो । क्लवका अध्यक्ष सुशील वस्नेतले विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य गुरुदत्त भट्टराई, प्रधानाध्यापक कृष्ण प्रसाद आचार्यलाई सम्मानपत्र प्रदान गरी सम्मानित गर्नुभयो ।सम्मान ग्रहण गर्न कार्यक्रम स्थलमा समितिका सदस्य तथा विद्यालयका शिक्षक कर्मचारीको उपस्थिती रहेको थियो ।

तस्विरः अग्नी तिमिल्सीना÷पोखरा


काठमाडौं

बुधबार, मंसिर २६, २०८१

५.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई पोखरा लैजाँदा दुर्व्यवहार नभएको प्रहरीको दाबी

चीन भ्रमणले नेपालमा लगानीका सम्भावनालाई थप बलियो बनायो: अध्यक्ष...

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक