fbpx

शिक्षा सुधारका लागि तत्काल शिक्षा ऐन ल्याउनुको विकल्प छैनः शिक्षामन्त्री विद्या भट्टराई

author

समाचारपाटी

२ महिना अगाडि

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्राविधि,विद्यालय,बालविकास र परम्परागत विद्यालयलाई व्यवस्थित गर्न तत्काल विद्यालय शिक्षा ऐन ल्याउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।


बुधवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा बोल्दै शिक्षा मन्त्री भट्टराईले यस्तो बताउनुभएको हो । उहाँले विद्यालय शिक्षा ऐन वर्तमानलाई भन्दा पनि भविष्यलाई सोचेर बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले शिक्षा ऐन तत्काल समितिमा सहमति गरी कार्यान्वयन योग्य बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले शिक्षा ऐन चाँडै बनाउनको लागि सर्वप्रथम सांसदहरुले तदारुकता देखाउन आवश्यक रहेको भन्दै त्यसको लागि मन्त्रालयले गर्नुपर्ने हरेक विषयमा सहजिकरण गर्न तयार रहेको बताउनु भयो । उहाँले शिक्षा ऐनलाई वर्तमान अवस्थालाई मात्रै सोचेर बनाउँदा भावी दिनमा ऐन कार्यान्वयनमा समस्या आउने भन्दै भविष्यलाई समेत सोचर ऐन बनाउनुपर्नेमा जोड दिनुभयो । शिक्षामन्त्री भट्टराईले २०२८ सालको शिक्षा ऐनमा पछि पनि सरकारले २०७५ सालमा अनिवार्य निःशुल्क शिक्षा ऐन बनाएको बताउनु भयो । उहाँले अनिवार्य निःशुल्क शिक्षा ऐनले निःशुल्क र अनिवार्य मात्रै गर नभनेको भन्दै संघीयताअनुसार तीन तहहरुबीचको समन्वयका विषयमा पनि स्थानीय,प्रदेश र संघ समन्वय भएमात्रै शिक्षा सुदृढ हुने विषय समावेश रहेको बताउनु भयो । 

उहाँले भन्नुभयो,‘ ऐन बनाउँदा धेरै कुरा सोचेर बनाउनुपर्छ । हामीले शिक्षा ऐन छैन भनिरहेका छौँ । २०२८सालको शिक्षा ऐनमा चलिरहेका छौं भनिरहेका छौं । तर सरकारले २०७५ सालमा अनिवार्य निशुल्क शिक्षा ऐन बनाएको कुरा स्मरण गर्दैनौं । समितिले ऐन बनाएपछि पनि कसरी कार्यान्वयन गर्छौं भन्नेकुरा आज नै सोचिएन भने र वर्तमान अवस्थालाई मात्रै आँकलन गरेर भविष्यलाई नसोची ऐन बनाउने हो भने कार्यान्वयन गर्नको लागि अफ्ठ्यारो हुन्छ भन्नेकुरामा पनि ख्याल गरौं । अनिवार्य निःशुल्क शिक्षा ऐनले निःशुल्क र अनिवार्य मात्रै गर भनेको छैन । यसले तीन तहहरुबीचको समन्वयका कुरा गरेको छ । स्थानीय,प्रदेश र संघ समन्वय भए मात्रै शिक्षा सुदृढ हुन्छ । मुलुकको शासकीय स्वरुपको उत्तरदायित्वको विषयमा व्याख्या गरेको छ । तर स्थानीय तहको मात्रै हो शिक्षा भनियो । विद्यालय शिक्षा संविधानले दिएको स्थानीय तहलाई दिएको अधिकार भएपनि स्थानीय तहलाई बलियो,सुदृढ बनाउने र उत्तरदायी बनाउने दायित्व प्रदेश र संघको हो भन्ने कुरालाई त्यो ऐनले व्याख्या गर्दा चर्चा भएन ।  अनिर्वाय निःशुल्क शिक्षा ऐनले व्यवस्था गरेका धेरै विषयलाई लागू गराैँ भने मुलुकको शिक्षा धेरै व्यवस्थित गर्नसक्छौं । निजी विद्यालयहरु कल्याणकारी सोचसहित अगाडि बढ्नुपर्ने छ । मुलुकको प्राविधि,विद्यालय शिक्षा,बालविकास,परम्परागत विद्यालयलाई व्यवस्थित गर्ने हो भने विद्यालय शिक्षा ऐन तत्काल ल्याउनुपर्छ । त्यसको लागि सांसदहरुले तदारुपता देखाउन आवश्यक छ । मन्त्रालयले गर्नुपर्ने हरेक सहजिकर गर्ने प्रतिवद्धता गर्दछु ।’ 


उहाँले विद्यालय शिक्षाको अधिकार संविधानले स्थानीय तहलाई दिएको भएपनि स्थानीय तहलाई बलियो,सुदृढ बनाउने र उत्तरदायी बनाउने दायित्व प्रदेश र संघको भएको बताउनु भयो । उहाँले अनिवार्य निःशुल्क शिक्षा ऐनले व्यवस्था गरेका धेरै विषयलाई लागू गर्दा मात्रै पनि मुलुकको शिक्षा धेरै व्यवस्थित गर्न सकिने बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शनिबार, माघ १२, २०८१

११.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन