fbpx

‘यो सरकारले केही गर्छ भन्ने कुराको भाव दिन यो सरकारको नेतृत्व सफल भयो’:-प्रविधिमन्त्री रेखा शर्मा

author

समाचारपाटी

१ year अगाडि

नेपाल सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दुई दिन भित्रै मन्त्रीपरिषद्ले पूर्णता पाउने बताउनुभएको छ ।
सत्तारुढ दलहरुबीच मन्त्रालय बाँडफाँटको विषयमा किचलो भइरहँदा सञ्चारमन्त्री शर्माले सो दाबी गर्नुभएको हो । बुधवार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले मन्त्रीपरिषद् बिस्तारको गृहकार्य अन्तिम चरणमा पुगेको उल्लेख गर्दै १÷२ दिन भित्रै यसले पूर्णता पाउने बताउनु भयो । मन्त्री शर्माले सरकारले जनतामा केही गर्छ भन्ने भाव जगाउन प्रधानमन्त्री पुष्पकमल दाहाल सफल हुनु सरकारको सबैभन्दा ठूलो उपलब्धि भएको जिकिर समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सम्माननीय प्रधानमन्त्रीज्युले भर्खरै विश्वासको मत लिनुभएको छ । र, सरकार बिस्तारको चरणमा हामी छौं । सरकार विस्तारको गृह कार्य करिवकरिव अन्तिम अवस्थामा आएको छ । अब मलाई लाग्छ–आजभोलि १÷२ दिनमै सरकार वीरताले पूर्णता पाउनेछ । यो सरकार गठन भएपछि जनताले सकारात्मक आशा पलाएको छ । यो सरकारले केही गर्छ भन्ने कुराको भाव दिन यो सरकारको नेतृत्व सफल भयो । त्यो ने सबै भन्दा ठूलो कुरा हो । त्यो नै महत्वपूर्ण कुरा हो भन्ने मलाई लाग्दछ ।’

मन्त्री शर्माले वर्तमान सरकारप्रति जनतामा आशा पलाएको उल्लेख गर्दै उनीहरुको चाहना अनुसार काम गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । उहाँले संक्रमणकालीन न्याय निरुपणका लागि सरकारले सोसम्बन्धि विधेयक संसदमा ल्याएको र त्यसैलाई छिट्टै पारित गरी कार्यान्वयनमा लैजाने बताउनु भयो ।


काठमाडौं

बुधबार, जेष्ठ ९, २०८१

२८.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

गृहमन्त्रीमाथि कारबाहीको माग गर्दै धनराजले दिए सभामुखलाई निवेदन

संसद्‍मा कसैलाई धम्की दिएको छैन, गिरीबन्धु प्रकरण छानबिन हुन्छ...

सांसदहरूको नाराबाजीकै बीच प्रधानमन्त्रीलाई विश्वासको मत

गृहमन्त्रीविरुद्ध नेवि संघको विरोध प्रदर्शन

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा