fbpx

काँग्रेसले राजनीतिक पूर्वाग्रहका दृष्टिकोणले गृहमन्त्रीमाथि आरोप लगायोः सरकार

author

समाचारपाटी

८ महिना अगाडि


सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली काँग्रेसले राजनीतिक पूर्वाग्रहका दृष्टिकोणले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेबिरुद्ध आरोप लगाइरहेको बताउनुभएको छ ।  बुधवार प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति झापाले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ठाडो निवेदन दिएकै भरमा उपप्रधान एवं गृहमन्त्री लामिछानेमाथि छानबिन समिति बन्न नसक्ने बताउनु भयो । उहाँले काँग्रेसले शुरुवाती दिनमा गृहमन्त्रीको राजीनामा र दोषी नै हो भन्ने ढंगले प्रश्तुत भएको तर अहिले संसदीय समिति बनाउने कुरामा अड्किएको बताउनु भयो । उहाँले समग्र सहकारीको समस्याको छानबिन गर्न र समस्या समाधान गर्नेकुरामा सरकार सकारात्मक रहेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘संसद लामो समयदेखि अवरुद्ध छ । अवरुद्ध नै भएको त दुई तीन दिन भयो । तर त्यहाँ प्रश्नहरु उठिरहेका छन् । खासगरी उपप्रधान एवं गृहमन्त्रीको बारेमा जे कुराहरु उठिरहेका थिए, त्यो बुझ्दा एउटा ठाडो निवेदन गएको र दर्ता पनि नभएको भन्ने छ । समग्र विषयको छानबिन गर्नेकुरामा त कुनै अन्यथाको कुरा भएन । जुन बेलाबाट सहकारीभित्र समस्या देखापरे, त्यसमा छानबिन गरी समस्या समाधान गर्ने कुरामा कसैको असहमति हुँदैन । तर शुरुवातमा नेपाली काँग्रेसको गृहमन्त्रीको राजीनामा र दोषी नै हो भन्ने ढंगले प्रश्तुत भयो, त्यो होइन, त्यसरी गर्नु हुँदैन । यसलाई राजनीतिक पूर्वाग्रहका दृष्टिकोणले आरोप लगाइनु हुँदैन भन्नेकुरा नै हो । एकातिर प्रधानमन्त्रीको प्रश्ताव गर्न गएको भन्नेकुरा र अर्कोतिर गृहमन्त्री हुँदा छानबिन गर्नुपर्छ भन्नेकुरामा यस्तो खालको राजनीति हुँदैन । यस्तो राजनीति गर्नु हुँदैन भन्ने नै हो सरकारको कुरा ।’
 
मन्त्री शर्माले प्रेस काउन्सिलको ठाउँमा मिडिया काउन्सिल बनाउने गरी सरकार अघि बढिरहेको पनि बताउनु भयो । उहाँले अनलाइन मिडिया आइसके, न्यु मिडियाहरु आइसकेको अवस्थामा सबैलाई प्रोत्साहित गर्नका लागि पनि मिडिया काउन्सिलको आवश्यकता भएको बताउनु भयो । उहाँले  सामाजिक सञ्जाललाई व्यवस्थित गर्न आवश्यक रहेको पनि बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘प्रेस काउन्सिलको ठाउँमा मिडिया काउन्सिल बन्नुपर्छ, किनभने अनलाइन मिडिया आइसके, न्यु मिडियाहरु आइसके, सबैलाई पनि हामीले प्रोत्साहित पनि गर्नुपर्छ, उनीहरुलाई सेवा शुल्क पनि दिनुपर्छ । उनीहरुलाई नियमन पनि गर्नुपर्छ भन्ने ढंगले हामी अघि बढेको छौँ । सामाजिक सञ्जाललाई व्यवस्थित गर्न आवश्यक छ । हाम्रो अम सञ्चारको क्षेत्र पुनः संरक्षित हुन्छ । अहिले हामी बजेटको पूर्वसन्ध्यामा भएको हुनाले मन्त्रालयमा छलफल गरिरहेका छौँ । मोफसलमा पत्रकारिता गर्नेकुरा धेरै नै चुनौतिपूर्ण छ । धेरै नै अफ्ठयारो छ ।’
 
उहाँले पत्रकारिता गर्नेकुरा चुनौतिपूर्ण रहेको पनि बताउनु भयो । —न्युज एजेन्सी नेपाल


काठमाडौं

बुधबार, मंसिर १९, २०८१

१५.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन