fbpx

‘नेपाल विश्वस्तरमै चलचित्र उद्योगका लागि महत्वपूर्ण स्थल हो’:-रेखा शर्मा

author

समाचारपाटी

१ year अगाडि

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल विश्वस्तरमै चलचित्र उद्योगका लागि महत्वपूर्ण स्थल भएको बताउनुभएको छ । 

बिहीवार सातौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को उद्घाटन समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले हिमाल, पहाड र तराईको भौगोलिक विविधताको अनुपम संगम हुनुका साथै प्राकृतिक र सांस्कृतिक हिसावले विश्वमै समृद्ध मुलुक नेपाल चलचित्र छायांकनका लागि महत्वपूर्ण स्थल भएको बताउनु भयो । उहाँले सिंगो नेपाल फिल्म निर्माताहरुका लागि स्टुडियो भएको बताउनु भयो । उहाँले नेपालका रमणीय प्राकृतिक सम्पदाहरुको सामिप्यतामा गरिने छायांकन मात्रै नभइ कहिल्यै पराधिन बन्नु नपरेको नेपाल राष्ट्रको गौरवशाली इतिहास र सामाजिक, सांस्कृतिक सम्पदाको अअखण्ड विरासत चलचित्रका लागि कथावस्तु हुने बताउनु भयो । उहाँले नेपाली चलचित्र क्षेत्रलाई मर्यादित र व्यवसायिक बनाउन मौलिक एवं स्तरीय चलचित्र निर्माणमा लाग्नुपर्ने बताउनु भयो । चलचित्र क्षेत्रलाई उद्योगको रुपमा स्थापित गर्दै यस क्षेत्रमा लाग्ने सबैको आर्थिक उन्नति गर्नु जरुरी रहेको बताउनु भयो । उहाँले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजारीकरणमा ध्यान दिनुपर्ने बताउनु भयो । मौलिक संस्कृति लोप हुन नदिन नेपाली मौलिक संस्कृतिसँग जोडिएका कथावस्तुमा आधारित चलचित्र धेरै निर्माण गर्न जरुरी रहेको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘नेपाल विश्वस्तरमै चलचित्र उद्योगका लागि महत्वपूर्ण स्थल हो । हिमाल, पहाड र तराईको भौगोलिक विविधताको अनुपम संगम हुनुका साथै प्राकृतिक र सांस्कृतिक हिसावले विश्वमै समृद्ध मुलुक नेपाल चलचित्र छायांकनका लागि महत्वपूर्ण स्थल हो । त्यसैले हामीले भन्ने गर्दछौँ, सिंगो नेपाल फिल्म मेकरहरुका लागि स्टुडियो हो । यसलाई त्यही ढंगबाट विकास गर्न आवश्यक छ । यहाँका रमणीय प्राकृतिक सम्पदाहरुको सामिप्यतामा गरिने छायांकन मात्रै होइन कहिल्यै पराधिन बन्नु नपरेको नेपाल राष्ट्रको गौरवशाली इतिहास र सामाजिक, सांस्कृतिक सम्पदाको अअखण्ड विरासत चलचित्रका लागि कथावस्तु पनि हुन् ।’
उहाँले चलचित्र क्षेत्रबाट नेपाली संस्कृतिको संस्कार, संस्कृतिको जगेर्ना र प्रचारका लागि महत्वपूर्ण भुमिका निर्वाह गर्न सकिने बताउनु भयो । –न्युज एजेन्सी नेपाल


काठमाडौं

शुक्रबार, चैत्र ७, २०८१

२३.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

आरआर क्याम्पसमा चैत १६ गते स्ववियु चुनाव

दार्चुलामा स्ववियु अध्यक्षमा दलित महिला निर्वाचित

स्ववियु चुनाव कहाँ के भयो

मेची बहुमुखी क्याम्पसमा नेविसंघ विजयी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन