कैलालीमा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बन्ने कुरामा कुनै दुविधा नराखौंः शिक्षामन्त्री अशोककुमार राई

author

समाचारपाटी

१ year अगाडि

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले कैलालीमा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने कुरामा कुनै दुविधा नराख्न आग्रह गर्नुभएको छ । 

मन्त्री राईले शहीद दशरथ राष्ट्रिय विज्ञान प्रतिष्ठान चलाउने कि भन्ने छलफल भएपनि अब त्यसलाई अब विश्वविद्यालयकै रुपमा अघि बढाउने बताउनुभएको हो । मंगलवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना समितिको बैठकमा बोल्दै उहाँले यसअघि भने सो ठाउँमा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने कि स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने भन्ने विषयमा संघ र स्थानीय सरकारबीच अलमल भएपनि अब विश्वविद्यालयकै रुपमा अघि बढाउने विषयमा सरकार स्पष्ट रहेको बताउनु भयो । उहाँले सो विश्वविद्यालयले वरिष्ठ चिकित्सक गोविन्द केसीसँग गरिएको सम्झौता अनुसारको ७ वटा मेडिकल कलेज सोही विश्वलिद्यालयको मातहतमा राख्ने सोच सरकारले अघि बढाएको पनि बताउनु भयो । मन्त्री राईले उहाँले बुटवल र बर्दिवासमा मेडिकल कलेज स्थापनाका लागि जग्गा प्राप्तीको काम सकिएको र उदयपुर र इलाममा सो प्रक्रिया शुरु गरिएको पनि समितिलाई जानकारी दिनुभयो । उहाँले विश्वविद्यालय स्थापनाका लागि स्वास्थ्य मन्त्रालयसँग आफ्नो मन्त्रालयको कुनै पनि खालको तानातानीको अवस्था नरहेको पनि दोहोर्याउनु भयो । 

मन्त्री राईले भन्नुभयो, ‘अब यो प्रतिष्ठान होइन, स्वास्थ्य विज्ञान विश्वविद्यालयकै रुपमा जान्छ । र, डाक्टर गोविन्द केसीजीसँग सरकारले गरेको सम्झौता अनुरुप ७ वटा मेडिकल कलेजहरु चलाउनुपर्ने । अब ती कलेजमध्ये सम्भवतः केही कलेजहरु यो विश्वविद्यालय दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सम्बन्धन अन्तर्गत चल्ने सोचको बारेमा पनि छलफल चलेको छ । वुटवल, बर्दिवासमा जग्गा प्राप्तको काम सकिएर डिपीआर बन्ने प्रक्रियामा छ । उदयपुर र इलामको हकमा इलाममा अब जग्गा प्राप्ती गर्ने काम टुंगो लाग्ने अवस्था छ । उदयपुरमा चाहीँ जग्गा प्राप्तीको निम्ति छनौटको विभिन्न ८÷९ वटा विकल्पहरु छनौट समितिले हामीलाई दिएको छ । त्यसलाई टुंगो लगाउन बाँकी छ ।’

मन्त्री राईले विश्वविद्यालय बनाउने कुराको स्वामित्व शिक्षा मन्त्रालयले लिने भएकाले त्यसमा स्वास्थ्य मन्त्रालयसँग विवाद छ भन्ने कुरा नगर्न पनि सांसदहरुलाई आग्रह गर्नुभएको थियो । 


काठमाडौं

मङ्लबार, जेष्ठ ७, २०८२

१८.६६°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन