मेयरसँग विद्यार्थी अन्तर संवाद कार्यक्रम :- ‘प्राविधिक शिक्षाका कुरा’

author

समाचारपाटी

२ महिना अगाडि


पोखरा । पोखरा महानगरपालिकाको शिक्षा महाशाखा र गण्डकी बहु प्राविधिक शिक्षालय पोखराको आयोजनामा मेयरसँग विद्यार्थी अन्तर संवाद कार्यक्रम गरिएको छ । प्राविधिक शिक्षाको अवस्था, आवश्यकता र अवसर लगायतमा केन्द्रित अन्तर संवादमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य सहित प्राविधिक शिक्षा सेवा प्रदायक संस्था.संस्थान र अध्ययन गरिरहेका विद्यार्थीहरूले प्रत्यक्ष सहभागिता जनाएका छन् ।

कार्यक्रममा विद्यार्थीहरूले प्राविधिक शिक्षा अध्ययनका सम्बन्धमा भोगेका समस्या, चुनौती र भविष्यमा हुनसक्ने अवसरका विषयमा जिज्ञासा राखेका छन् । जवाफमा प्रमुख आचार्यले प्राविधिक जनशक्तिलाई अवसरको अभाव नहुने भन्दै स्थानीय सरकारको हैसियतले दक्षताका आधारमा ती जनशक्तिहरूको व्यवस्थापन गर्दै जाने बताउनुभयो । प्राविधिक शिक्षा हासिल गरेका कुनै पनि विद्यार्थीहरू बेरोजगार हुन नपर्ने बताउँदै उहाँले व्यवसाय गर्न चाहनेहरूका लागि स्टार्ट अप अनुदान उपलब्ध गराउने लगायतका कार्यक्रमहरू महानगरपालिकाले गरिरहेको जनाउनुभयो ।

‘प्राविधिक शिक्षा आजको आवश्यकता भन्ने कुरा नकार्न सकिने अवस्था छैन, त्यस कारण पोखरामा हामीलाई कति जनशक्ति चाहिने हो भनेर अहिले सर्वे गरिरहेका छौँ, प्रमुख आचार्यले भन्नुभयो, महानगरले बेरोजगारहरूको डाटा सङ्कलनका लागि आह्वान गरिरहेको छ, केही वडाहरूमा विभिन्न प्राविधिक पोस्टका लागि आवेदन माग गरेको छ, तर निवेदनहरू एकदमै कम परिरहेको छ ।’ प्राविधिक शिक्षाको महत्त्व बुझाउन आवश्यक रहेको बताउँदै उहाँले ज्ञान एका तिर काम अर्को तिर हुने अवस्थाको अन्त्य जरुरी रहेको समेत बताउनुभयो । यसका लागि राइट मेन राइट प्लेसको अवधारणामा काम गर्ने तयारी महानगर रहेको प्रमुख आचार्यले बताउनुभयो ।

प्राविधिक शिक्षा तथा व्यासायीक तालिम परिषद् (सिटिइभिटि) गण्डकी प्रदेशका निर्देशक प्रमोद भक्त आचार्यले प्राविधिक शिक्षाको महत्त्व सिकाइसँगै आर्जन र भविष्यका लागि थप परिष्कृत ज्ञानको हासिल भएको उल्लेख गर्नुभयो । ‘हाम्रो प्राविधिक शिक्षाको महत्त्व के हो भने, काम गर्दै अलिकति आयआर्जन गर्दै आफ्नो करिअरलाई अगाडी बढाउँदै लैजाने हो, निर्देशक आचार्यले भन्नुभयो, आफ्नो ज्ञानको स्तरलाई बढाउँदै लैजानुहोस्, प्राविधिक शिक्षा समयको वेगसँगै यसको महत्त्व बढिरहेको छ ।’

गण्डकी बहु प्राविधिक शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सीनाले प्राविधिक शिक्षाको सम्बन्धमा केन्द्रीय शिक्षा नीति मै सुधारको आवश्यकता रहेको बताउनुभयो । राष्ट्रिय शिक्षा प्रारूपमा यसको ढाँचा स्वीकृत भैसकेको जनाउँदै उहाँले अबको केही वर्षमा प्राविधिक शिक्षामा नीतिगत एकरूपता आउने बताउनुभयो । प्राविधिक शिक्षा अध्यापन गराइरहेका विद्यालयका प्राध्यानाध्यापकहरुले प्राविधिक शिक्षाको सुधारमा सरकारले अझ बढी समन्वय गर्न आवश्यक रहेको बताउनुभयाे ।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले प्राविधिक शिक्षा अध्ययन गरेको भए पनि विभिन्न वाहानामा आफूहरू विभेदपूर्ण व्यवहार भइरहेको गुनासो गरे । कयौँ समयसम्म इन्टर्नसिपका नाममा पारिश्रमिक नदिई काममा लगाउने, दिए पनि असाध्यै कम पारिश्रमिक बापत दिने, आफूहरूको क्षमता अनुसारको काम नपाउने लगायतका समस्याहरू आफूहरूले झेल्नु परेको सुनाए ।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

101 Talks Coming Soon | The Voice of Ideas

https://www.youtube.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

रास्वपाकाले २ तिहाई बहुमतको सरकार बनाउने रवि लामिछानेको दाबी

उपनिर्वाचनका लागि रास्वपाकाले गर्‍यो उम्मेदवार सार्वजनिक

‘संघीय निजामती सेवा ऐन चालु संसद अधिवेशनबाटै पारित गर्छु’

सरकारले तोकेका पर्यटकीय गन्तव्यमा पथप्रदर्शक बिना घुम्न जान नपाइने...

खेलकुद समाचार

थप देखाउनुहोस्

ICC Cricket World Cup League

UAE

310

:

NEPAL won by 9 Runs by DLS method

Nepal

FULL TIME

ICC Cricket World Cup League

PNG

95

:

100

Nepal

FULL TIME

ICC Cricket World Cup League

Nepal

248

:

77

UAE

FULL TIME

ICC Cricket World Cup League

PNG

249

:

190

UAE

FULL TIME

विचार/विविधा

थप देखाउनुहोस्
विचार

आज अन्तर्राष्ट्रिय महिला दिवस, कसरी सुरु भयो नारी दिवस ?

अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायलयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको क्षेत्रमा...

विचार

महिलाहका लागि छुट्टै बजेटको व्यवस्था गर्न सरकारसँग आग्रह

बैठकमा बोल्दै राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले महिलाहरुलाई प्रत्यक्षतर्फ नै प्रतिनिधि सभामा ५० प्रतिशत महिला प्रतिनिधित्व गराउनका लागि वातावरण बनाउनुपर्ने...

विचार

सर्वोच्चमा ५ र उच्च र जिल्ला अदालतमा २ वर्षभित्रै मुद्दाको...

मंगलवार कानून व्यवसायी क्लव काठमाडौं तथा शंकरलाल केडिया फाउण्डेशनको सम्मान तथा पुरस्कार कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो दाबी गर्नुभएको हो ।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका प्रविशा अधिकारी स्वरमा ‘यहीं कतै २‘ मा जेनिशा...

प्रताप दास र अस्मिताको स्वरमा रहेकाे गीत ‘तिमीसंगै हुँदा’...

कमलमणि अभिनित फिल्म ‘बहाव’ चैत २४ गतेबाट रिलिज हुँदै

गगन सिंहको शब्द, संगीत र स्वरमा ‘माया नगर’ सार्वजनिक

नेप्से

Index Name
Index Value
Change Percentage

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

काठमाडौं

शनिबार, चैत्र १८, २०७९

१३.२७°

-
Clouds