fbpx

नेपालमा पनि टाटाको विद्युतीय ट्याक्सी एक्सप्रेस-टी

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । नेपालका लागि टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले विद्युतीय ट्याक्सी एक्सप्रेस-टी बजारमा भित्र्याएको छ ।

कम्पनीले टाटाको अर्को मोडल टिगोर ईभीको रि–ब्रान्डेड मोडल एक्सप्रेस–टी नेपाली बजारमा ल्याएको हो । यसको मूल्य ३६ लाख ९९ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

यसमा रहेको ५५ किलोवाट क्षमताको मोटरले ३० किलोवाट पावर र १७० एनएम टर्क जेनेरेट गर्छ। यसमा २६ किलोवाट आवरको ब्याट्री प्याक छ, जसले सिङ्गल चार्जमा ३०६ किलोमिटर रेन्ज दिने बताइन्छ ।

यसमा भएको ब्याट्रीलाई फुल चार्ज गर्न सामान्यतः ८ घण्टा ४५ मिनेट लाग्छ भने २५ किलोवाटको डीसी चार्जरले ६५ मिनेटमै ८० प्रतिशत सम्म चार्ज गर्न सकिने कम्पनीले जनाएको छ । यसमा २४५० एमएमको ह्वीलवेस र १७२ एमएमको ग्राउन्ड क्लियरेन्स छ।

यो गाडीमा अन्य विभिन्न विशेषताका साथै ईबीडी सहितको एयरब्याग, रिभर्स पार्क असिस्ट, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, हर्मनको ८ दशमलव ८९ सेमी कनेक्ट नेक्स्ट इन्फोटेनमेन्ट सिस्टम, इलेक्ट्रोनिक पावर स्टेयरिङ, पावर विन्डोज, ब्लुटुथ कनेक्टिभिटी आदि विशेषता उपलब्ध छन् । कार र त्यसमा भएको ब्याट्री तथा मोटरमा ३ वर्ष वा १ लाख २५ हजार किलोमिटर सम्म वारेन्टी उपलब्ध हुने सिप्रदीले जनाएको छ ।

ट्याक्सी ड्राइभर र कम्पनीकै इन्जिनियरहरुले एक्सप्रेस टी को परीक्षण गरिरहेको र आउँदो दिनमा यसलाई कमर्सियल तथा ईभी फ्लिटको रुपमा प्रयोग गर्न सकिने सिप्रदीले जनाएको छ ।


काठमाडौं

सोमवार, फाल्गुन ५, २०८१

१४.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुमना श्रेष्ठले कलिंगा घटनाबारे प्रतिनिधिसभा बैठकमा बोल्न पाउनुभएन

खोटाङका सांसदद्धारा सरकारसँग दमकल माग

भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेको छु :...

सरकारले उच्च शिक्षा विधेयकको सट्टा मापदण्ड ऐन बनाउँने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताको ८ औं संस्करण फागुन...

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन