fbpx

‘बालविवाह कानूनले प्रतिवन्ध लगाइसक्यो, कानूनले प्रतिवन्ध लगाइसके पनि समाजमा चलिरहेको छ’:-तपबहादुर मगर

author

समाचारपाटी

२ महिना अगाडि

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले चलचित्रका माध्यमबाट नेपाली समाजमा बालविवाह रोक्नुपर्ने बताउनुभएको छ ।


सोमवार काठमाडौंमा १२ औं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बालविवाह कानूनले प्रतिवन्ध लगाइकेको भएपनि समाजमा अझै भइरहेको बताउनु भयो । बालविवाह रोक्नको लागि सिनेमाबाट जनचेतना अभिवृद्धि गर्नुपर्ने बताउनु भयो । उहाँले सामाजिक परिवेशमा सिनेमाको माध्यमबाट बालविवाह रोक्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘बालविवाह कानूनले प्रतिवन्ध लगाइसक्यो । कानूनले प्रतिवन्ध लगाइसके पनि समाजमा चलिरहेको छ । कतिपय कुराहरु सामाजिक परम्पराअनुसार पनि हुन्छ । समाजमा रोकिएको छैन तर कानूनले प्रतिवन्ध लगाइसकेको छ । हामीले चलचित्रहरुमार्फत हामीले बालविवाहसम्बन्धी जनचेतना फैल्याउनु पर्छ । सामाजिक परिवेशमा सिनेमाको माध्यमबाट बालविवाह रोक्नुपर्छ ।’


कार्यक्रममा बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहालले नेपालको प्रत्येक घरमा एउटा चलचित्रको कथावस्तु रहेकाले कथा खोज्न संसार धाउनु नपर्ने उल्लेख गर्नुभयो । उहाँले नेपाली कथालाई अन्तर्राष्ट्रिय बजारसम्म पुयाउनुपर्ने दायित्व चलचित्र विकास बोर्डसामु रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामी नेपाली चलचित्रकर्मीहरु पछिल्लो समयमा चलचित्रको कथा भन्ने स्टाइलहरु फरक फरक तरिकाले आएको छ । नेपालको प्रत्येक घरमा एउटा कथा छ । प्रत्येक टोल र गाउँमा एउटा कथा छ । अब कथा हामीले संसारबाट खोज्नु पर्दैन । तर त्यो कथालाई इन्टरनेशनल प्ल्याटफर्ममा स्वकेसिङ गर्नका लागि टेक्नीकल्ली र नेटवर्कका हिसावमा अघि जानुपर्छ । अबको चलचित्र विकास बोर्डले पनि अन्तर्राष्ट्रिय स्तरमा चलचित्र क्षेत्रको विकास गर्नुपर्छ ।’


अध्यक्ष दाहालले अबको चलचित्र विकास बोर्डले अन्तर्राष्ट्रिय स्तरमा चलचित्र क्षेत्रको विकास गर्नुपर्ने बताउनु भयो ।

–न्युज एजेन्सी नेपाल


काठमाडौं

शनिबार, माघ १२, २०८१

११.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन