तनहुँ । तनहुँ मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित शुक्लागण्डकी एफ.एम. ९७.६ मेगाहर्जका तत्कालिन अध्यक्ष पूर्ण कुमार श्रेष्ठको स्मृतिमा स्थापित पूर्ण स्मृति शुक्लागण्डकी एफ.एम. सम्मान तथा पुरस्कार–२०८१ श्निवार प्रदान गरिएको छ । रेडियोको नवौं वार्षिक साधारणसभा एवम् छैटौं अधिवेशनसँगै शुनपा– ९ स्थित सुरौदी दोभानमा शनिवार आयोजित कार्यक्रममा नेपाल एफएम नेटवर्क प्रालि काठमाडौंका प्रबन्ध निर्देशक गोविन्द खडका, रेडियोका संस्थापक अध्यक्ष एवम् छनौट समितिका संयोजक, अध्यक्ष ऋषेश्वर भुवाई ऋतु लगायतले उहाँहरुलाई सम्मान गर्नुभयाे ।
साहित्यतर्फ भिम रानाभाट (ज्यालादारी) पत्रकारितातर्फ पत्रकार प्रकाशचन्द्र भट्टराई र समाजसेवातर्फ देउ बहादुर गुरुङ सम्मानित हुनुभयाे । पत्रकारिता र साहित्यतर्फ पुरस्कारको राशी नगद १०÷१० हजार, प्रमाण पत्र र पूर्ण स्मृति सामाजिक सेवा पुरस्कार तथा सम्मानतर्फ नगद ५ हजार र प्रमाणपत्र रहेको छ । तनहुँ जिल्ला भित्र क्रियाशिल रहेका मध्य एक र खोज पत्रकारिता क्षेत्रमा लागेका व्यक्ति, तनहुँ जिल्लामा साहित्यिक क्षेत्रमा सक्रिय रहेका व्यक्ति र शुक्लागण्डकी नगर क्षेत्रमा सामाजिक क्षेत्रमा सक्रिय व्यक्ति सम्मानित हुनुभएकाे हाे ।
साहित्यतर्फ पुरस्कृत भएका रानाभाट विद्यालय अध्ययनसँगै साहित्यतर्फ रुचि राख्ने गर्नुभएकाे थियाे । रानाभाटको पहिलो कविता २०४४ सालमा“नयाँ वर्ष “ शिर्षकको धरा साहित्य मासिकमा छापिएको थियो । म्याग्दे–२ मा जन्मिएका उहाँका आधि दर्जन कृति प्रकाशित छन् । विभिन्न पुरस्कार र सम्मानबाट सम्मानित रानाभाटले आधि दर्जन बढि साहित्यसँग सम्बन्धित पुस्तकहरुको सम्पादन, सहसम्पादन र व्यवस्थापन गरेको अनुभव छ ।
यस्तै पत्रकारितातर्फ पुरस्कृत पत्रकार भट्टराई दमौलीमा रहेर क्रियाशिल हुनुहुन्छ । व्यास–१४ केशवटारमा जन्मिएका उहाँ व्यास–२ मा रहेर पत्रकारिता गर्दै आउनुभएकाे छ । वि.स.२०५७ सालमा हाम्रो संकल्प साप्ताहिकबाट पत्रकारिता शुभारम्भ गरेका भट्टराई हाल लोकवाणी दैनिकका सम्पादक हुनुहुन्छ । भट्टराई नेपाल पत्रकार महासंघ तनहुँ शाखाका पुर्व अध्यक्ष हुनुहुन्छ । उहाँ प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासंघ तनहुँ, प्रेस चौतारी तनहुँ लगायतका संस्थाबाट प्रदान गरिएको पुरस्कारबाट पुरस्कृत भईसक्नुभएकाे छ ।
समाजसेवातर्फ सम्मानित ८४ वर्षिय गुरुङ भारतीय सेनाबाट निवृत्त भएपछि यस क्षेत्रका विभिन्न सामाजिक संघसंस्थामा निरन्तर क्रियाशिल रहि नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएकाे छ । तत्कालिन फिरफिरे गाविस वडा नं. ६ का अध्यक्षमा निर्वाचित उहाँ त्यसअघिको निर्वाचनमा वडा सदस्य हुनुभएकाे थियाे । शुक्लागण्डकी–१२ मा बस्दै (आएका उनी मोटरमार्ग, सामुदायिक विद्युत, गुरुङ समाज लगायतका सामाजिक संस्थामा रहेर समाजसेवामा क्रियाशिल हुनुहुन्छ ।
सो अवसरमा बोल्दै नेपाल एफ.एम. नेटवर्कका प्रबन्ध निर्देशक गोविन्द खड्काले रेडियो हुर्कान पछिल्ला दिनमा चुनौती थपिदै गएको बताउनुभयाे । हामीले रेडियो सहज तरिकाले जन्मायौैं । देशमा १ हजार १ सय रेडियो दर्ता भएकोमा प्रभावकारी ढंगबाट थोरै संख्यामा चलेका छन । उहाँले अगडाी भन्नुभयाे, त्यसैले रेडियो जन्माउनेले बन्द गर्न थालेका छन् । दुई दशक बढि रेडियोको अनुभव संगालेका खड्काले शुक्लागण्डकी एफ.एम.ले आगामी दिनमा अन्य विधालाई पनि समेटेर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयाे ।
सम्मानित व्यक्ति प्रकाशचन्द्र भट्टराईले सञ्चारमाध्यमले भुइमान्छेको कुरा उठाउनुपर्नेमा जोड दिनुभयाे । साहित्यकार भिम रानाभाटले रेडियोको सम्मानले थप जिम्मेवारी वहन गराएको बताउनुभयाे । समाजसेवी देउ बहादुर गुरुङले पहिलो पटक सम्मानित भएकोमा खुसी व्यक्त गर्दै हातखुट्टा चल्दासम्म समाजसेवामै खर्चिने उल्लेख गर्नुभयाे ।
पुरस्कृत एवं सम्मानित व्यक्तित्व छनौटका लागि रेडियोका पूर्व अध्यक्ष नारायण कुमार श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय छनोट समिति गठन गरिएको थियो । समिति सदस्यहरुमा रेडियोका उपाध्यक्ष सरस्वती सिग्देल ‘लक्ष्मी’ र सल्लाहकार कमलमोहन घिमिरे रहेका थिए । पूर्ण स्मृति शुक्लागण्डकी एफ.एम. सम्मान तथा पुरस्कार–२०७९ बाट पत्रकारितातर्फ विश्वबन्धु भण्डारी, साहित्यतर्फ शेषमणि आचार्य र समाजसेवातर्फ भक्तबहादुर रिमाल सम्मानित भएका थिए । यसैगरी २०८० बाट पत्रकारितातर्फ विकास खनाल, साहित्यतर्फ सागर उदास र समाजसेवामा नन्दराज थापा सम्मानित भएका थिए ।
रेडियोका शेयरधनी सदस्य, शुभेच्छुकबाट स्वतस्फूर्त र केहि रकम उहाँको परिवारबाट जम्मा गरि ३ लाख रुपैयाको अक्षयकोष स्थापना गरिएको हो । सोहि रकमको ब्याजबाट प्राप्त आम्दानीले प्रत्येक वर्ष ३ विधामा क्रियाशिल व्यक्तिहरुलाई पुरस्कार प्रदान गरिदै छ । रेडियोको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका पूर्णको २०७८ जेठ १२ गते हृदयघातका कारण ४८ वर्षको उमेरमा निधन भएको थियो ।
रेडियोका अध्यक्ष ऋषेश्वर भुवाईको अध्यक्षतामा भएको कार्यक्रममा शेयर धनी वातावरणविद एकराज सिग्देल, उपाध्यक्ष सरस्वती सिग्देल, शेयर धनी सदस्यकोतर्फबाट रघुनाथ पौडेल, कोषाध्यक्ष टिकाराम श्रेष्ठ लगायतले थिए ।