तनहुँ घाँसीकुवाको पहिरो हटाउन आज  सुरु, आज दिनभर लाग्नसक्ने

author

समाचारपाटी

१२ महिना अगाडि

काठमाडौं । मुग्लिन-पोखरा सडकखण्ड अन्तरगत तनहुँ घाँसीकुवाको पहिरो हटाउन आज बिहानबाट थालिएको छ । पहिरो ठूलो भएकाले पूरै पन्छाउन आज दिनभरी लाग्ने अनुमान छ । बुधबारदेखि तनहुँको ब्यास नगरपालिका १२ घाँसीकुवामा पहिरो झरेको थियो । प्रहरीका अनुसार ठूला रुखसहित झरेको पहिरोले सडकको करिब डेढ सय मिटर भाग ढाकेको थियो ।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले आज बिहानदेखि सडकको दुवैतर्फबाट पहिरो पन्छाउने काम जारी रहेको बताउनुभयाे । उहाँका अनुसार सडक विस्तारको काम गर्दै आएको चिनियाँ ठेकेदार कम्पनी र नेपाली सेनाको टोली बाटो खुलाउने काममा खटिएका छन् ।

‘चिनियाँ कम्पनीले आफ्ना एक्स्का भेटेर र नेपाली सेनाले चेन कटर प्रयोग गरेर दुवैतर्फबाट पहिरो पन्छाइरहेका छन्,’ प्रमुख जिल्ला अधिकारी गौतमले भन्नुभयाे, ‘पहिरो पन्छाइसक्न आज दिनभरी नै लाग्ला जस्तो देखिन्छ ।’

वैकल्पिक सडक प्रयोग गर्न आग्रह

पहिरोले मुख्य सडक बन्द भएपछि साना तथा ठूला सवारी साधनहरुलाई अलग(अलग वैकल्पिक बाटो प्रयोग गर्न भनिएको छ ।जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता दिपक कुमार रायका अनुसार साना तथा मझौला सवारी साधनहरुलाई दमौलीतर्फबाट आउनु परेमा तालघरे, दरैपधेँरा हुँदै घाँसीकुवा निस्किन भनिएको छ ।

यसैगरी घाँसीकुवातर्फबाट दमौलीतर्फ जानु परेमा घाँसीकुवा, पोल्याड, रानीगाउँ हुँदै तालघरे निस्किन सकिन्छ । ठूला सवारी साधनहरुलाई भने डुम्रे-बेसीशहर सडकखण्ड प्रयोग गरेर पोखरा आउ-जाउ गर्न भनिएको छ ।


काठमाडौं

सोमवार, साउन २०, २०८२

२६.५४°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

संघीय लोकतान्त्रिक मोर्चा अब फुट्नु हुँदैनः रेशम चौधरी

देश चरम निराशाको अवस्थामाः हृदयेश त्रिपाठी

उपेन्द्र यादवको प्रश्नः प्राकृतिक श्रोत र साधनले सम्पन्न देश...

देश किन बनेन ? समीक्षा हुनुपर्छः अध्यक्ष महतो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

गाँजा र अर्थतन्त्र 

अर्थतन्त्रको कुरा गरिरहदा आज यो विषय जोड्न मन लाग्यो । अहिले काठमाडौं लगाएत विभिन्न ठाउँहरुमा गाँजा (marijuana) वैधानिकताको माग सहित आन्दोलन...

विचार

च्यातिदेऊ त्यो प्रेम पत्र !

च्यातिदेऊ त्यो प्रेम पत्र !जो सँगालेर राख्नलाईकुनै विशेष छैनजो हिफाजत गर्नलाईकुनै किमती छैनजो अटाएर राख्नलाईकुनै स्थान छैनजसको न कुनै मोल...

विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

विवाहित महिलाहरुका लागि ‘मिसेस कास्की’ को आवेदन खुला

जोगिन्दरको २२ औं गाइजात्रे कोसेली ‘मिसन नौटंकी’

नेपाली फिल्म ‘नाकछोङ’को युकेमा प्रदर्शन भब्य

मिस कास्की नेपाल २०२५ को भव्य ग्राण्ड फिनाले भोलि...