fbpx

तमु समाज पोखराको अध्यक्षमा औ बहादुर गुरुङ चयन

author

समाचारपाटी

४ हप्ता अगाडि

पोखरा । स्याङजाको वालिङ नगरपालिका वडानम्बर ३ राम्चेबाट पोखरा आई बसोबास गर्दै आएका गुरुङहरुको साझा संस्था श्री स्याङजा राम्चेली गडाभाई तमु समाज पोखराको अध्यक्षमा औ बहादुर गुरुङ चयन हुनुभएको छ । समाजको पोखरा भमरकोट पार्टी प्यालेसमा सम्पन्न १८ औँ साधारणसभा तथा छेठौँ अधिवेशनले औ बहादुरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्ष दुर माया गुरुङ, द्वितीय उपाध्यक्षमा बल बहादुर गुरुङ, सचिवमा रुपसीँ गुरुङ, सह सचीव सुवेदार भिम बहादुर गुरुङ र निर्मला गुरुङ चयन रहनुभएको छ । त्यसैगरी कोषाध्यक्षमा क्याप्टेन चम बहादुर गुरुङ, सहकोषाध्यक्षमा हरि प्रसाद गुरुङ र सदस्यहरुमा चीन माया गुरुङ, जमान गुरुङ, ठग बहादुर गुरुङ, महिला संयोजक नरमाया गुरुङ र युवा संयोजक दर्शन गुरुङ चयन हुनुभएको छ ।

अधिवेशनको निर्णायक मण्डलमा समाजका संस्थापक अध्यक्ष ओम बहादुर गुरुङ संयोजक र निवर्तमान अध्यक्ष भुपेन गुरुङ र संस्थापक सचिव आशिष गुरुङ सदस्य रहनुभएको थियो । कार्यक्रममा कोषाध्यक्ष क्याप्टेन चम बहादुर गुरुङले आर्थिक प्रतिवेदन र सचिव दिल माया गुरुङले प्रगती प्रतिवेदन पेश गर्नुभएको थियो । यसैबिच समाजले तमुहरुको महान पर्व सप्र्ही ल्होसार २०८१ समेत भव्यताका साथ मनाएको छ । सप्ह्री ल्होसारको अवसरमा समाजले शुभकामना आदान प्रदान एवम चेलीबेटी भेटघाट स्योकैं कार्यक्रम गरि ल्होसार मनाएको हो ।

समाजका अध्यक्ष भुपेन गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि समाजका संस्थापक अध्यक्ष ओम बहादुर गुरुङले ९ जनाबाट स्थापना भएको संस्था अहिले बृहत रुपमा अगाडी बढिरहेकोमा खुसी व्यक्त गर्दै अगामी दिनमा राम्चेली एक भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रथम उपाध्यक्ष औ बहादुर गुरुङले स्वागत तथा पच्यु चिवा मोहन गुरुङले आशिमलाँ दिनुभएको थियो । सो अवसरमा नेपाल पत्रकार महासंघ कास्कीका सचिव भुपाल गुरुङ, अध्ययनरत उत्कृष्ट विद्यार्थीहरु, र इन्डियन आर्मीबाट रिट्यार्ड आर्मीहरुलाई सम्मान गरिएको थियो ।


काठमाडौं

शनिबार, माघ १२, २०८१

१०.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन