fbpx

म्याग्दीकी टमकुमारी रोकामगरका छोराछोरीलाई आर्थिक सहयोग

author

समाचारपाटी

१ year अगाडि

पोखरा । म्याग्दीको मालिका गाउँपालिका वडा नंं. ३ पात्लेकी टमकुमारी रोकामगरकी नौ महिनाकी छोरी ईश्वरी रोकामगर र ४ वर्षका छोरा ईश्वर रोकामगरको पढाइ खर्चका लागि आर्थिक सहयोग जुटको छ । घाँस काट्न जाँदा भीरबाट लडेर गम्भीर घाइते हुनुभएकी टमकुमारी रोकामागर गण्डकी मेडिकल कलेजमा उपचार गरी घर फर्किनुभएकाे छ ।

एयरलाइन्स फ्लाइट अटेन्डेन्ट एकेडेमी प्रा.लि.की प्रबन्ध निर्देशक शोभा के.सी., परिचय एड्भर्टाइजिङ प्रा.लि.का सञ्चालक सोबित बस्याल, चलचित्र पत्रकार सङ्घ नेपाल कास्कीका अध्यक्ष प्रभु अधिकारी, सामाजिक अभियन्ता सोभित ठकुरी, खेम ठकुरी, सजिला नेपाल, सुस्मिता, ज्योति, परिचय डटकमकी सुनिता शर्मा लगायतका सहयोगी हातहरूले सङ्कलन गरेको १५ हजार १ सय ५० रूपयाँ आइतबार टमकुमारीकी काकी तथा सामाजिक अभियन्ता भीमसरा घर्तीमगरलाई हस्तान्तरण गरिएको हो ।

एकेडेमीकी शोभा के.सी.ले घाइते टमकुमारीका बच्चाबच्चीको पढाइ खर्चमा सहयोग पुगोस् भनेर सहयोग जुटाएको जनाउनुभएकाे छ । भीमसरा घर्तीले टमकुमारीको उपचार सफल भएको र छोराछोरीका लागि पढाइ खर्चवापत प्राप्त भएको रकम बैङ्कमा जम्मा गरिदिने बताउँदै सहयोगी हातहरूलाई धन्यवाद ज्ञापन गर्नुभएकाे थियाे ।

खेतीपाती र घरगृहस्थी चलाइरहेकी २२ वर्षकी टमकुमारी गत बैशाख २६ गते मङ्गलबार घाँस काट्न जाँदा भीरबाट लडेर गम्भीर घाइते हुनुभएकाे थियाे । सामाजिक अभियन्ता तथा आफन्ती भीमसरा घर्तीमगरको पहलमा स्थानीय व्यक्ति, संघसंस्था, मालिका गाउँपालिकाको कार्यालय र कतारमा रहेका नेपालीले सहयोग गर्दा ५ लाख ७ हजारभन्दा बढी रकम जुटेको जानकारी गराउनुभयाे ।


काठमाडौं

सोमवार, अशोज २१, २०८१

२१.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पीडितका लागि निर्माण व्यवसायी विकास परिषदद्वारा एक करोड राहत

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन