fbpx

तामाङ पप गीत ”आङिला जामेसे ङाला सेम” बजारमा

author

समाचारपाटी

१ year अगाडि

काठमाडौँ । रिलिज अगावै चर्चा बटुल्न सफल पहिलो तामाङ पप गीत ''आङिला जामेसे ङाला सेम'' बजारमा आएको छ । हेरुका लामा अफिसियल युटुबमार्फत बौद्धस्थित शेनुर हाउसमा एक पत्रकार सम्मेलनबिच गीतको अफिसियल म्युजिक भिडियो बजारमा ल्याएको हो ।

नेकपा माओवादी केन्द्र बागमती प्रदेश परिषदका सदस्य, युवा नेता एंव समाजसेवी अविरल जिम्बाको प्रमुख आतिथ्यतामा उक्त गीतको म्युजिक भिडियो बजारमा ल्याएको हो । प्रमुख अतिथीको रुपमा सम्बोधन गर्नुहुँदै जिम्बाले तामाङ गीत संगीतमा पप गीतले नयाँ बाटो कोरेको र सफलताको शुभकामना व्यक्त गर्नुभयाे । तामाङ गीत संगीतलाई, मनोरञ्जन क्षेत्रलाई बिकास गर्न नयाँ नयाँ गीत संगीत बजारमा आवश्यक रहेको उहाँले बताउनुभयाे । उहाँले कलाकारलाई राष्ट्रको गहना नभई अंग भन्नुपर्नेमा जोड दिनुभयाे ।

तामाङ चलचित्र जगतका महानायक अमिर दोङको विशेष आतिथ्यता, र्यापर उत्तर लामा,हास्य कलाकार कुइसाङ रुम्बा, गायक एंव सञ्चारकर्मी आश्मान लोप्चनले शुभकामना व्यक्त गर्नुभयाे । सांगे ब्लोन तामाङ र गायक आशोक मोक्तान तामाङ्को शब्द रहेको गीतमा उनै गायक अशोक मोक्तानको संगीत र स्वर रहेको छ । दिपेश प्रधानको संगीत संयोजन र मिक्सिङ, रहेको गीतको म्युजिक भिडियोलाई बज्र ङेसुर र त्रिलोक लामाले छायांकन, राजेश कुमारले सम्पादन र कलर, सुमिना लोले डबिङ, अर्पण थिङले ब्याकराउण्ड म्युजिक गर्नुभएकाे हाे । मोडल एंव निर्देशक हेरुका लामाको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा याङ्की दोङ, अजय कुमार रञ्जितकार, सिता लामा घिसिङ र उनै निर्देशक एंव मोडल हेरुका लामाको अभिनय रहेको छ ।

उक्त गीतको म्युजिक भिडियो सार्वजानिक कार्यक्रममा कलाकार,पत्रकार, समाजसेवी एंव दर्शकहरुको उपस्थिती रहेको थियो । कार्यक्रम पत्रकार विवेक लोप्चनले सञ्चालन गरेका थिए ।

https://www.youtube.com/watch?v=ZQDFW6wLfLw


काठमाडौं

आइतवार, अशोज २०, २०८१

२०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

सहकारी ठगीमा ढोरपाटनका मेयर देवकुमार नेपालीलाई थुनामा पठाउन आदेश

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन