fbpx

‘बुद्धिमत्तापूर्ण कदम, इमानदारी र पारदर्शिता’का कारण देह आर्थिक पतन हुनबाट जोगिए’:-तालिबाननेता मौलवी

author

समाचारपाटी

१२ महिना अगाडि

काबुल । तालिबाननेता मौलवी हिबतुल्लाह अखुन्दजादाले इद–उल–अजहाको आगमनपछि एक सन्देश जारी गर्दै तालिबानले विश्व, विशेषगरी इस्लामी मुलुकसँग असल राजनीतिक तथा आर्थिक सम्बन्ध चाहेको र यस सम्बन्धमा आफ्नो जिम्मेवारी पूरा गरेको बताउनुभएकाे छ। 

काबुलबाट प्रसारण हुने अफगान समाचार च्यानल टोलो न्यूजका अनुसार तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले तालिबान नेता मौलवी हिबतुल्लाह अखुन्दजादालाई उद्धृत गरी इद–उल–अजहाको अवसरमा उक्त सन्देश जारी गरेका हुन्। 

मुजाहिदको ट्वीटरमा प्रकाशित पत्रमा अखुन्दजादाले भन्नुभएकाे छ, 'जसरी हामी अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैनौं, त्यसरी नै हामी अरुलाई हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप गर्न दिँदैनौं।' 

उहाँले तालिवान नेतृत्वमा मुलुकको आर्थिक पतन र सङ्कटको भविष्यवाणी गलत साबित भएको दावीसमेत गर्नुभयाे।  तालिवानको ‘बुद्धिमत्तापूर्ण कदम, इमानदारी र पारदर्शिता’का कारण देह आर्थिक पतन हुनबाट जोगिएको अखुन्दजादाले बताउनुभयाे। 

उहाँले लागूऔषधको मुद्दालाई पनि उल्लेख गर्दै भन्नुभयाे, 'देशमा अफिमको खेती उन्मूलन भइसकेको छ र ‘किसानहरूले विकल्पको खोजी गरिरहेका छन्, र यहाँ कानुनीरूपमा वैध मानिने व्यवसासयीक खेतीको विस्तार भइरहेको छ।' 

'यसबीचमा, सबै प्रकारका लागूपदार्थको उत्पादन, तस्करी र प्रयोगमा प्रतिबन्ध लगाइएको छ र अब, धेरै नागरिकहरू, विशेष गरी युवाहरू यस क्षतिबाट जोगिएका छन्,' अखुन्दजादाले भन्नुभयाे। 

महिला अधिकारका सम्बन्धमा उहाँले जबर्जस्ती करणीलगायत थुप्रै परम्परागत उत्पीडनबाट महिलालाई जोगाउन ठोस कदम चालिएको र उनीहरूको शरिया अधिकारको संरक्षण गरिएको दाबी गर्नुभयाे। 

उहाँले भन्नुभयाे, 'यसबाहेक, इस्लामी शरिया कानुन अनुसार महिलाहरूलाई आरामदायी र समृद्ध जीवन प्रदान गर्न समाजको आधा भागको रूपमा ‘महिलाहरूको सुधारका लागि आवश्यक कदम’हरू चालिएका छन्। विगत २० वर्षदेखि महिलाको हिजाब र भ्रमसँग सम्बन्धित पेशाका नकारात्मक पक्षहरू चाँडै अन्त्य हुनेछन्।'
 
उक्त सन्देशमा अफगानी बालिका र महिलाको शिक्षाबारे कुनै उल्लेख गरिएको छैन। अखुन्दजादाले प्यालेस्टिनी महिला, बालबालिका र असहाय मुसलमानहरूमाथि इजरायलले गरेको क्रूर कार्यको कडा शब्दमा निन्दा गरेको र अन्य देशहरूलाई ‘यस अतिवादी मानवीय अपराध र क्रूर अत्याचारलाई रोक्नका लागि आफ्नो कर्तव्य निर्वाह गर्न’ आग्रह गर्नुभएकाे छ।

रासस


काठमाडौं

शुक्रबार, असार १, २०८१

२५.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

राष्ट्रपति महिला उत्थान कार्यक्रम खारेज गर्न प्रेम सुवालको माग

एमालेको माग, भारत भ्रमणबारेमा प्रधानमन्त्रीले संसद्‍लाई जवाफ दिनुपर्छ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन