गणेश पहारी । पोखरा । पोखरा माहानगर पालिका वडा ६ बैदाममा अवस्थित श्री ताल बाराही माध्यमिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरूको साझा संस्था भुतपुर्व विद्यार्थी एसोसियशनको पहिलो साधारणसभा शनिबार सम्पन्न भएको छ ।
विद्यालयको भौतिक संरचना विकासको कुरालाई मध्यनजर गर्दै हालसालै संचालित होटल मेनेजमेन्ट शंकायका लागि आवश्यक परेको प्राक्टिकल ल्याव बनाउनका लागि भु पू विद्यार्थिबाट संकलित रकम रु २ लाखको चेक एसोशियशनका अध्यक्ष नारायण पहारीले ब्यवास्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद न्यौपाने लाई एक कार्यक्रमका विच हस्तारक्षण गरिएको थियो । हाल विद्यालयमा करिब.१ हजार विद्यार्थिहरु अध्ययरत गरिरहेका छन ।

साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि तथा विद्यालयका पूर्व विधार्थि एवंम गण्डकी प्रदेश माननिय देवका पहारीले २०१४ सालमा स्थापना भएको ताल बाराही मा.वि को समग्र शैक्षिक क्षेत्रको विकासमा योगदान धेरै लामो र निरन्तर रहेको बताएकी छन । गुणस्तरीय शिक्षाका लागि एसोसियशनको भुमिका अव्वल रहने उल्लेख गर्दै पोखराकै पुरानो विद्यालयको रुपमा रहेको विद्यालयले शिक्षा क्षेत्रमा उल्लेखनिय रूपमा फड्को मारि गौरवमय ईतिहास कायम गरेको वताइन । राज्य बाट जति पाउनु पर्ने साथ सहयोग विद्यालयले नपाएकोमा गुनासो गर्दै, आफुले विद्यालयको शैक्षिक गुणस्तर विकास र भौतिक पुर्वाधारका लागि सधै आवाज उठाउने प्रतिबद्धता ब्यक्त गर्नुभयाे । उहाँले आफ्नो तर्फबाट समेत विद्यालयको शैक्षिक, भौतिक बृद्धि विकासका
लागि सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभएकाे छ ।
भु.पू बिधार्थि एसोशियशनका संस्थापक अध्यक्ष तथा पूर्व गण्डकी प्रदेश सासंद राजिब पहारीले आफुले अध्ययन गर्दा बिद्यालयमा विताएका दिनह्रको स्मंमरण गर्दै विद्यालयमा अध्ययन गरेको विद्यार्थिहरु विच भाइचारा बृद्धि गर्ने सवैलाई एउटै छातामुनि आवद्ध गर्ने र अध्ययन गरेको विद्यालयको गरिमालाई उच्च राखी हरेक तवर बाट सहयोग गर्ने उद्देश्य राखी एसोसियशन स्थापना गरीएको बताउनुभयाे ।
ताल बाराही माध्यमिक विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद न्यौपानेले नेपाल सरकारबाट प्राप्त आर्थिक सहयोगले मात्र विद्यालय संचालन गर्ने कठिनाई हुने गरेको गुनासो गर्नुभयाे । तालबाराही माविले शैक्षिक एव भौतिक रुपमा गरिएको प्रगतिले विद्यार्थीको आकर्षणको केन्द्र बन्दै गएको ठोकुवा गर्नुभयाे । उहँले विद्यालय शैक्षिक गुणस्तर वृद्धिका लागि सवैको साथ सहयोग आवश्यक रहेको बताउनुभयाे ।
प्रार्चाय तारा प्रसाद पोखरेलले विद्यालयको योजना अनुरुप ताल बाराही माविले शैक्षिक भौतिक प्रगति गरिरहेको बताउनुभयाे । पोखरेलले विद्यालयले ब्यवस्थापन र शिक्षा संकायको पठाइ भइरहेका जानकारी दिदै यसै शैक्षिक सत्र देखी होटल मेनेजमेन्टको अध्यापन सुरु गरिएकोे सुनाउनुभयाे ।
पोखरा महानग पालिका वडा नं ६का अध्यक्ष विष्णु बहादुर भट्टराईले स्थानिय सरकारबाट हुने बजेट विनियोजनमा आफुले आवाज उठाउदै आएको र आफ्नो तर्फबाट समेत विद्यालयको शैक्षिक, भौतिक बृद्धि विकासका लागि सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।
सभाअध्यक्ष नारायण पहारीले देश भित्र र देश बाहिर छरिएर रहेका विधार्थिहरुलाई एकिकृत गर्नुको साथै परिचय र सहकार्यको माध्यम बाट विद्यालयको शैक्षिक विकासलाई सामाजिक उत्तरदायित्व सम्झेर उदेश्य प्राप्ती प्रति कटिबद्ध रहने कुरामा जोड दिए । एसोसियशनले मेघा अक्षयकोषको स्थापना गरि प्रत्येक बर्ष १ सय विधार्थिहरुलाई छात्रवृद्धि प्रदान गर्ने योजना रहको अध्यक्ष पहारीले बताउनुभयाे । कार्यक्रमको संचालन सदस्य गणेशराज पहारीले गर्नुभएकाे थियाे ।