गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री एवं प्रवक्ता तथा लमजुङ काँग्रेसका सभापति डा. टकराज गुरुङले दूधपोखरी गाउँपालिकाका संस्थापक अध्यक्ष तथा सामाजिक अभियन्ता स्व. छुपीमाया गुरुङप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारप्रति समवेदना प्रकट गरेका छन् ।
४३औँ दिनको पुण्यतिथिको अवसरमा दूधपोखरी गाउँपालिका-५, कोल्कीमा आयोजित शोक सभामा उनले स्व. गुरुङले राजनीतिक र सामाजिक सेवामा पुर्याएको योगदान अतुलनीय र स्मरणीय रहेको बताए ।
शोक सभामा गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेल, काँग्रेसका पूर्व सभापतिहरू, विभिन्न पालिकाका प्रमुख, वडाअध्यक्ष, भातृ संगठनका प्रतिनिधि तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति थियो।