शिक्षा क्षेत्रको रणनीतिक योजनाको मस्यौदा पेश

author

समाचारपाटी

२ years अगाडि

पोखरा । शिक्षा नितिलाइ लागु गर्न कार्यनीति र रणनीति निर्माणका लागि गठन गरिएको रणनीतिक योजनाको मस्यौदा सोमबार पेश गरिएको छ ।

शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयमा भएको एक कार्यक्रममा मन्त्रालयका मन्त्री मेखलाल श्रेष्ठलाई योजना तयारी कार्यदलका संयोजक तथा पूर्व महानिर्देशक (सह–सचिव) बाबुराम पौडेलले हस्तान्तरण गर्नुभएकाे हाे ।

उहाँले कार्यक्रममा बोल्दै संयोजक पौडेलले आफूले महत्वपूर्ण शिक्षा रणनीतिक योजनाको काम गर्न पाउँदा खुसी व्यक्त गर्नुभएकाे थियाे । “यो काम असाध्यै ठूलो र महत्वपूर्ण रहेको छ । हामीलाई शाखा महाशाखाबाट प्राप्त भएको सहयोगले असाध्यै सन्तुष्टी मिलेको र काम गर्दै जाँदा मन्त्रालयले उच्च सम्मान गरेको आफूलाई अनुभुति भएको छ ।” उहाँले भन्नुभयाे, रणनीति तयार भएको नीति कार्यदलबाट पास हुने विश्वस्त रहेको र सहयोगी सबैलाई धन्यवाद व्यक्त गर्नुभएकाे थियाे।

शिक्षा क्षेत्रको रणनीतिक योजनाको मस्यौदा लिँदै मन्त्री मेखलाल श्रेष्ठले अति न्युन स्तरबाट केलाएर रणनीति योजना तयार गरेको हुँदा अबको शिक्षा क्षेत्रले नयाँ फड्को मार्ने विश्वस्त रहेको बताउँदै कार्यदलले जिम्मेवारी पूर्वक काम गरेको र भावी दिनमा पनि निरन्तर लाग्न आग्रह गर्दै योजनाको मस्यौदालाई सम्बन्धित निकायबाट कार्यन्यवयन गराएर छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएकाे थियाे ।

मन्त्रालयले ०७८ फाल्गुन १८ गतेको निर्णयअनुसार शिक्षा नीति कार्यन्यवयनका लागि शिक्षा क्षेत्रको रणनीतिक योजना तयारको लागि बाबुराम पौडेलको संयोजकत्वमा ४ सदस्यीय कार्यदल गठन गरेको थियो । उक्त कार्यदलको सदस्यमा प्रा.डा ईन्द्र प्रसाद तिवारी, भिमाद नगरपालिकाका उपसचिव पदमराज आचार्य, पूर्व उपसचिव केशरी रकम न्यौपाने र शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका सदस्य सचिव तोयनाथ लम्साल रहनुभएकाे थियाे ।

उक्त प्रतिवेदनको तयारीमा मुख्यमन्त्रीको उपस्थितिमा छलफल भई प्राप्त सुझावहरुलाई समेटी रणनीति तय गरिएको सदस्य सचिव लम्सालले जानकारी गराउनुभएकाे थियाे।

उहाँले कार्यक्रममा बोल्दै शिक्षा क्षेत्रलाईको रणनीति तयार गर्नको लागि शिक्षा क्षेत्रमा विशेष योगदान पुर्याएर अवकाश भएका, गण्डकी प्रदेश भित्रका सरोकारवालाहरु, शिक्षा नीतिमा काम गरि अवकास भएका सहसचिव तथा शिक्षा क्षेत्रमा काम गरेका शिक्षकलगायतको बृहत आम भेलाबाट आएका सुझावहरुलाई संकलन गरि मस्यौदा तयार गरेको बताउनुभयाे ।

सदस्य सचिव लम्सालले उक्त प्रतिवेदनमा दिगो विकास लक्ष्य एवम् राष्ट्रिय शिक्षा नीति–२०७६, चालु शिक्षा योजना सहितका कार्यक्रमहरु समावेश गरि काम गरेको हुँदा यसले भावी दिनमा महत्वपूर्ण प्रभाव पार्ने जानकारी गराउनुभएकाे थियाे ।


काठमाडौं

सोमवार, बैशाख ८, २०८२

२९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

काँग्रेसले अब समस्या देखाएर मात्र हुदैन, समाधान पनि दिन...

आगामी अधिवेशनमा निजामति ऐनलाई संसदमा पेश गर्नेगरी लागेका छौँः...

एकले अर्काेलाई निषेध गर्नुभन्दा एक अर्काका गुण सिकेर अघि...

विचौलियाहरुको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छः महामन्त्री गगन थापा

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आज गीत, गजल र शीतल शृंखलासहित विशेष साहित्यिक साँझ

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन